अफगानिस्तानमा भएको श्रृङ्खलाबद्ध बम आक्रमणमा १५ जना मारिए « Khabarhub

अफगानिस्तानमा भएको श्रृङ्खलाबद्ध बम आक्रमणमा १५ जना मारिए


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको राजधानी काबुलमा गराइएका श्रृङ्खलाबद्ध तीन बम विष्फोटमा कम्तीमा १५ जना मारिएका छन् ।

अफगानिस्तानका लागि अमेरिकी सेनाध्यक्षले भ्रमणमा रहेका बेला काबुलमा विभिन्न तीन विष्फोट भएका हुन् । आक्रमणकारीले त्यहाँको खानी तथा पेट्रोलियम मन्त्रालयका कर्मचारी चढेको बसलाई लक्षित गरी बम विष्फोट गराएको र उक्त आक्रमणमा ८ जनाको ज्यान गएको बताइएको छ । उक्त आक्रमणमा अरु २७ जना घाइते भएका छन् ।

आक्रमणमा मारिने तथा घाइते हुने अधिकांश सरकारी कर्मचारी छन् ।

उक्त विष्फोटलगत्तै नजिकै अर्का आत्मघातीले कम विष्फोट गराएका थिए । उक्त आक्रमणमा अरु ७ जना मारिएका छन् भने अरु २९ जनाभन्दा धेरै घाइते भएका छन् ।

उक्त आक्रमणलगत्तै नजिकै अर्को कार बम विष्फोट भएको बताइएको छ ।

अफगानिस्तानका लागि अमेरिकी सेनाका कमाण्डर मरिन जनरल जोसेफ डनफर्ड काबुल पुगी अमेरिकी तथा उत्तर एटलाण्टिक सन्धी संगठन नेटोका अधिकारीसँग भेटवार्ताका क्रममा रहेका बेला बम आक्रमण भएको हो ।

अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबानले कार बम आक्रमणको जिम्मा लिएपनि अन्य दुई आक्रमणमा आफ्नो संलग्नता भने अस्वीकार गरेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ३ : ३२ बजे

रोमानियामा रेल दुर्घटना: दुई नेपालीको ज्यान गयो

काठमाडौँ – पूर्वी रोमानियाको बकाउ शहरमा रेलको टक्करबाट दुई जना

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन– भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको भूमिगत

चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन– चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

म्याग्दीमा खोलाले बगाएर एकजना बेपत्ता

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै

दाङ– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा सोमबार एक हजारभन्दा बढी