दसैँसँगै बढ्यो पर्यटकको चहलपहल  | Khabarhub Khabarhub

दसैँसँगै बढ्यो पर्यटकको चहलपहल 


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

चितवन– ढिलो चाडपर्व सुरु हुँदा पर्यटकीय याम पनि ढिलो गरी सुरु भएको छ । विगतका वर्षमा असोजबाट पर्यटकको चहलपहल बढ्ने यहाँ यस वर्ष कात्तिक लागेपछि मात्रै बढेका छन् ।

पछिल्ला दिनमा पर्यटकीय क्षेत्र सौराहासँगै भरतपुरका पर्यटकीय होटलमा पर्यटकको चहलपहल निकै बढेको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीका अनुसार कात्तिक लागेसँगै पर्यटकको चहलपहल निकै बढेको हो । दसैँको पूर्णिमासम्म २० हजारभन्दा बढी पर्यटकले बुकिङ गरिसकेका छन् । यो क्रमशः बढ्दै गएको उनले बताए।

अहिले बुकिङ भएका पर्यटक ३० देखि ३५ प्रतिशत युरोपियन, २० देखि २५ प्रतिशत चिनियाँ, १५ प्रतिशत हाराहारी भारतीय र अन्य आन्तरिक रहेका छन् । दसैँभर सौराहाका होटल ८५ देखि ९० प्रतिशत बुकिङ हुने उनको अनुमान छ । उनले भने, ‘ढिलो गरी पर्यटकको आगमन आशालाग्दो गरी बढेको छ ।’ सौराहामा एक सय ३६ वटा होटलमा छ हजार दुई सय बेड छन् । 

सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरेले आन्तरिक र विदेशी पर्यटकको आगमन निकै राम्रो रहेको बताए। उनले भने, ‘दसैँ, तिहार वरिपरि राम्रो हुने संकेत देखिएको छ ।’ कात्तिक महिनामा दसैँ धमाका भनेर घिमिरेको जंगल सफारी लजले दुई रात तीन दिनको १२ हजारको प्याकेजसमेत ल्याएको छ । घिमिरेले भने, ‘यस वर्ष ढिलो गरी पर्यटकीय यामसुरु भएको छ, पर्यटकको आशालाग्दो उपस्थिति छ ।’

रेष्टुरेन्ट एण्ड बार एशोसिएसन सौराहाका पूर्वअध्यक्ष दीपेन्द्र खतिवडा होटलमा बस्ने र घुमेर फर्किने पर्यटकका कारण रेष्टुरेन्टमा चहलपहल बढेको बताउँछन् । सौराहामा चितवन राष्ट्रिय निकुञ्ज प्रवेशसमेत खुलेको छ । यसले पनि पर्यटकको सङ्ख्या बढेको अनुमान छ । होटल सेभेन स्टारका सञ्चालक माधव दुवाडीले कात्तिकमा ५० प्रतिशत र मङ्सिरमा पूरै बुकिङ भइसकेको बताए। पर्यटकको सङ्ख्या बढ्दो रहेको उनको भनाइ छ ।

यता भरतपुरको पटिहानीमा गत सातादेखि नै पर्यटकको चहलपहल बढेको छ । होटल जङ्गल भिल्ला पटिहानीका सञ्चालक गणेश पौडेलका अनुसार दसैँको समयमा ८० देखि ९० प्रतिशत बुकिङ हुने देखिएको छ । गत साता ९० प्रतिशत बुकिङ थियो । अहिले ६० प्रतिशतभन्दा माथि बुकिङ रहेको उनले बताउनुभयो । पटिहानीमा सातवटा पर्यटकीय होटल छन् ।

यस्तै पर्यटकीय क्षेत्र मेघौलीमा पनि पर्यटकको सङ्ख्या उल्लेख्य रहेको व्यवसायी बताउँछन् । मेघौलीमा तीनवटा ठूला पर्यटकीय होटल, केही साना होटल र घरबास (होमस्टे) पनि रहेका छन् । मैघौलीमा रहेको साराङ वाइल्डलाइफ सेन्चुरीका सञ्चालक सुबोध प्रधानले यस क्षेत्रमा पनि पर्यटकको चहलपहल बढेको बताए । पछिल्ला दिनमा पर्यटकको आगमन र बुकिङ बढ्दै गएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज प्रवेशका लागि सौराहा, पटिहानी, मेघौली, जगतपुरलगायत निकुञ्ज आसपासका पर्यटकीय होटलमा पर्यटक आउने गर्दछन् । निकुञ्जमा दुर्लभ वन्यजन्तु अवलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटक आउँछन् । 

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  ६ : २१ बजे

विश्वकर्मा पूजाका लागि मूर्तिहरू तयार (तस्बिरहरू)

काठमाडौं– भोलि पर्न गइरहेको विश्वकर्मा पूजाका लागि माटोका मूर्ति बनाउने

अर्थमन्त्रीद्वारा निजी क्षेत्रसँग छलफल

काठमाडौं– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्

निषेधाज्ञा हटाएपछि जनजीवन सामान्य

सुदूरपश्चिम– जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञा आजदेखि हटाएको

निर्वाचनका लागि प्रारम्भिक तयारी सुरु

काठमाडौं– प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गते निर्वाचनको मिति

बिर्तामोड नगरपालिकामा सरसफाइ

बिर्तामोड– जेन-जी प्रदर्शनका क्रममा क्षतिग्रस्त भएको बिर्तामोड नगरपालिका कार्यालयमा आजदेखि