दसैँ आयो : सहर छाड्ने बढे, गाउँमा चहलपहल सुरु « Khabarhub

दसैँ आयो : सहर छाड्ने बढे, गाउँमा चहलपहल सुरु


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

बागलुङ- दसैँको टीकाको दिन नजिकिएसँगै अध्ययन, रोजगार तथा विभिन्न कामको सिलसिलामा सहर झरेकाहरू धमाधम गाउँ फर्किरहेका छन् । बजारबाट गाउँ फर्कनको सङ्ख्या दिनदिनै बढ्दै गएको छ । यतिबेला गाउँमा निकै चहलपहल बढेको छ भने बजार सुनासन बन्न थालेका छन् । बागलुङका ग्रामीण क्षेत्र दसैँ, तिहारबाहेक अन्य समय सुनसान नै हुन्छन् ।

स्थानीयवासीको बढ्दो सहर मोह र युवा शक्तिको विदेश पलायनले गाउँ पहिलेको जति रमाइलो छैन । खासगरी पछिल्लो समय गाउँमा बुढापाका र बालबालिका मात्रै बस्ने गरेका छन् । उनीहरुले नै गाउँ धानेका छन् । एक दशक अगाडिसम्म गाउँ भरिभराउ थियो  तर अहिले गाउँका घर प्राय खाली भए पनि  दसैँ सुरु भएपछि खाली घरमा आगो बल्न थालेको छ ।

बजारमा गोठा तथा घर भाडामा लिएर बस्ने यतिबेला आफ्नै जन्मभूमिमा पुगेका छन् । सुख, सयल र विलाशिताको जीवन बिताउन बजार झरेकालाई पनि चाडपर्वमा गाउँ रमाइलो लाग्ने हुँदा यो समय गाउँमा चहलपहल बढेको छ । जिल्ला सदरमुकाम बागलुङ बजारसहित बुर्तिबाङ र गलकोट बजार पनि यतिबेला सुनसान बन्दै गएका छन् ।

परदेशमा रहेका युवा पनि दसैँ मनाउनका लागि स्वदेश आइरहेका छन् । एक साता अगाडिसम्म गलकोटका धेरै गाउँहरु सुनसान रहेकामा अहिले मानिसको जमघटले चहपहल बढेको स्थानीयवासी तिर्सना थापाले बताइन् । घटस्थापनाका दिनदेखि सहर बजारमा रहेका र विदेशमा गएर दसैँ तिहार मनाउन उनीहरू गाउँ आएको उनले बताए । तिहार सकिएपछि पुनः गाउँ सुनासन हुने थापाको भनाइ थियो

चाडपर्वले टाढा रहेका आफन्त तथा इष्टमित्रलाई नजिक बनाउनका साथै  आत्मियता पनि बढाउँछ । अहिलेका चाडबाडमा पहिलेको जस्तो रमाइलो र मौलिकमता नभएको भन्दै धेरैले पश्चिमा संस्कृतिको सिको गर्न थालेका छन् । उनले भनिन्, “गाउँमा घटस्थापनाभन्दा अगाडि दुई/चार जनामात्रै आएका थिए, त्यसपछि दैनिक १२/१५ जना स्थानीय गाउँ आएका छन्, केही दिन अगाडिसम्म सुनसान भएका घरमा अहिले मान्छे आएर बस्न थालेका छन्, केटाकेटीहरुको आवाज पनि सुनिन्छ, सधैँभरी गाउँमै बसेर कस्तो रमाइलो हुँदो हो ?, अहिले गाउँमा आएका सबै तिहार मनाएर सहर नै पस्छन्, गाउँमा बस्ने त उही हामी बुढाबूढी मात्रै हो, खै के जमाना आए यस्तो सबैले सहर बजारनै बस्न खोज्छन् ?”

एक सातादेखि बागलुङ बजारदेखि गाउँ जानेको भीड देखिन्छ । बजारको जिपपार्क, बसपार्क र विभिन्न चोकबाट गाउँ फर्कने गाडी भरिभराउ देखिन्छन् । एक हप्ता पहिले गाउँ फर्कनेहरुले किनमेल गर्दा बजारका पसलमा पनि बाक्लै भीड देखिएकामा अहिले  व्यापार निकै कम भएको देखिन्छ । बजारमा बस्ने गाउँ जान थालेपछि बजारमा व्यापार घटेको स्थानीय व्यापारी नवीनकुमार क्षेत्रीले बताए ।

जिल्लाका धेरै गाउँबाट सदरमुकाम बागलुङमा बस्नेको सङ्ख्या ठूलो रहेको भन्दै उनीहरु गाउँ गएपछि दिनमा रु दस हजारको पनि व्यापार गर्न नसकेको उनले जानकारी दिए । “आर्थिक मन्दीले गर्दा व्यापार थिएन, दसैँ आउन थालेपछि केही दिन राम्रो व्यापार भएको थियो, तर अहिले धेरै कम भएको छ, मान्छे जति सबै चाडपर्व मनाउन गाउँ गए, बजारमा घर भएकाहरुको पनि गाउँमा आफन्त भएकाले उतै दसैँ मनाउन जान्छन्”, क्षेत्रीले भने, “अब गाउँबाट मान्छे नफिर्कंदासम्म बजारको व्यापार निकै थोरै हुन्छ, बाहिरबाट आउने मान्छेले धेरै सामान किनमेल गर्दैनन्, अब व्यापार हुनलाई तिहार कुर्नुपर्छ ।”

जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र बुर्तिबाङ बजारमा पनि व्यापार घटेको व्यवसायीको भनाइ थियो । अन्य समय राम्रो व्यापार हुने बुर्तिबाङमा दुई दिनदेखि कमी आएको स्थानीय व्यापारी सुनिल पौडेलले बताए । बजारमा आएर बस्ने तथा व्यापार गर्ने अधिकांश गाउँबाट झरेकाहरु भएको हुँदा चाडबाडका बेला बजार सुनसान हुने पौडेलको भनाइ थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  २ : २३ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि