इटालीकी प्रधानमन्त्रीद्वारा आफ्नो पार्टनरबाट अलग भएको घोषणा « Khabarhub

इटालीकी प्रधानमन्त्रीद्वारा आफ्नो पार्टनरबाट अलग भएको घोषणा


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

रोम- इटालीकी प्रधानमन्त्री जियोर्जिया मेलोनीले शुक्रबार आफ्नो पार्टनरबाट अलग भएको घोषणा गरेकी छिन् । आफ्ना पार्टनरले भद्दा टिप्पणी गर्दै प्रेम प्रसङ्गको कुरा स्वीकार गरेपछि आफूले अलग रहने घोषणा गरेको उनले बताइन् ।

“करिब १० वर्षदेखिको एन्ड्रिया जियाम्ब्रुनोसँगको मेरो सम्बन्ध यहीँ समाप्त हुन्छ”, आफूहरूको बाटो केही समयका लागि अलग भएको उल्लेख गर्दै प्रधानमन्त्री मेलोनीले सामाजिक सञ्जालमा भनेकी छिन् ।

टेलिभिजन प्रस्तोता जियाम्ब्रुनोले रेटे ४ कमर्सियल स्टेसनमा आफ्नो टक शो ‘डाइरियो डेल जिओर्नो’ (डेली डायरी) को अफ–एयरमा महिला सहकर्मीमाथि खुलेर यौन र यौनवादी टिप्पणी गरेको फेला परेपछि प्रधानमन्त्री मेलोनीको उक्त घोषणा आएको हो ।

“तिमीलाई कस्तो छ डार्लिङ, के तिमीलाई थाहा छ (नाम परिवर्तन गरिएको) र मेरो अफेयर चलिरहेको छ ? सबै टेलिभिजन कम्पनीलाई यो थाहा छ र अब तिमीलाई पनि थाहा छ”, एक महिलासँग उनले कुरा गरेको सुनिन्छ ।

“तर हामी तेस्रो व्यक्ति खोजिरहेका छौँ किनभने हामी तीन जना गर्छौँ, चार जना पनि गर्छौँ, के तिमी हाम्रो कार्य समूहको हिस्सा बन्छ्यौ ?”, मङ्गलबार र बिहीबार विभिन्न टेलिभिजन च्यानलमा प्रसारित टिप्पणीमा उनको भनाइ सुनिन्छ ।

छयालीस वर्षीया मेलोनीले यसै साता दक्षिणपन्थी सरकारको प्रमुखका रूपमा एक वर्ष पूरा गर्दै छिन् । उनको पार्टीले परम्परागत पारिवारिक मूल्यमान्यताको दृढतापूर्वक बचाउ गर्छ ।

अगस्टमा आफ्नो टक शोमा बलात्कारका बारेमा गरेको टिप्पणीलाई लिएर पीडितलाई दोषी भनेको आरोप लागेपछि जियाम्ब्रुनोको बचाउका लागि प्रधानमन्त्री मेलोनी बाध्य भएकी थिइन् ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ३ : ३५ बजे

यूएईद्वारा इरान, इराक र लेबनान यात्रामा प्रतिबन्ध, आफ्ना नागरिकलाई तत्काल फर्किन आग्रह

काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकका लागि इरान,

सरकारविरोधी प्रदर्शनमा सहभागी इरानका २१ वर्षीय युवकलाई फाँसी

तेहरान- इरानमा एकजना २१ वर्षीय युवकलाई फाँसीमा चढाइएको छ। बीबीसी

रिपोर्ट भन्छ : इरानविरुद्ध अमेरिकी सैन्य कारबाही टुङ्गियो

वासिङ्टन- अमेरिकी डोनाल्ड ट्रम्प प्रशासनले इरानविरुद्ध २८ फेब्रुअरीमा सुरू भएको

बौद्धमा शान्ति र्‍यालीसहित मनाइयो २५७० औँ बुद्ध जयन्ती (तस्बिरहरू)

काठमाडौं– पच्चीस सय सत्तरीऔँ बुद्ध जयन्तीका अवसरमा आज यहाँस्थित स्वयम्भू र

विदेशी नागरिकता लिएका १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले विभिन्न देशको नागरिकता लिएर नेपाली नागरिकता