भोजपुरका गाउँघरमा युवा घटे, कोही छैनन् पिङ खेल्ने | Khabarhub Khabarhub

भोजपुरका गाउँघरमा युवा घटे, कोही छैनन् पिङ खेल्ने


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

भोजपुर गाउँघरमा युवाभन्दा बूढापाकामात्र हुन थालेपछि दसैँ–तिहारलगायतका चाडपर्वमा लगाइने पिङसमेत भोजपुरमा लोपोन्मुख बन्दै गएको छ । केही वर्ष अघिसम्म गाउँघरमा दसैँतिहार लागेको झल्को पिङबाट पाउने गरिन्थ्यो ।

दसैँतिहारको अवसर पारेर ग्रामीण भेगमा लिङ्गे पिङ हाल्ने संस्कृति केही वर्ष अगाडिसम्म कायमै थियो । तर अहिले भने गाउँघरमा युवापुस्ताको सङ्ख्या पनि कम हुनु र मनोरञ्जनका अन्य साधन पनि गाउँ भित्रिन थालेपछि पिङ लोप हुन थालेको भोजपुर नगरपालिकाका शिव भुजेलले बताए ।

“गाउँमा मात्र होइन विगत केही वर्ष अगाडिसम्म त सदरमुकाम आसपासमा समेत पिङ देख्न पाइन्थ्यो तर अहिले सो संस्कृति हराउँदै गएको छ”, स्थानीय बद्रीविक्रम बुढाथोकीले भने, “पुराना संस्कार तथा संस्कृतिहरू विस्तारै हराउँदो क्रममा छ । भोजपुरका बढी मात्रमा बाटिएको टोरी प्रयोग गरेर बासको लिङ्गा गाडेर लिङ्गे पिङ हाल्ने गरिन्थ्यो ।”

गाउँघरमा पिङ नभएपछि जमघट र भेटघाटसमेत कम हुने गरेको छ । विगतमा लगाइने पिङमा वृद्धा, युवादेखि बालबालिकासम्मको जमघट हुने गर्दथ्यो तर त्यस्तो रमाइलो गर्ने परम्परा हराउँदै गएको छ, स्थानीय युवा सञ्जीव कार्कीले भने ।

सामान्यतया लिङ्गे पिङ बाँसका लिङ्गा गाटेर बाबियोको डोरीको लठ्ठा बनाएर बनाउने गरिन्थ्यो । तर पुरानो संस्कृति र परम्परा जोगाउन अहिले गाउँघरमा बाबियोको डोरी बनाउने मानिसको समेत अभावले पिङको संस्कार हराउँदै गएको अर्का स्थानीय महेन्द्र खत्रीको धारणा रहेको छ । “विगतमा जस्तो गाउँघरमा डोरी बाट्ने मनिसको अभाव छ, अहिले नेपालमै रहेका युवाहरू दसैँ मनाउन केही दिन घरमा आउँछन्, उनीहरूले बाबियो खोजेर डोरी बनाउन पनि जान्दैनन्”, खत्रीले भने ।

सानै उमेरदेखि दसैँमा पिङ खेल्ने गरेको उल्लेख गर्दै पछिल्लो समयमा भने पिङ नै गाउँघरमा लगाउन छाडिएको छ । पहिले टोलटोलमा पिङ थाप्ने प्रतिस्पर्धा नै हुन्थ्यो तर अहिलेको पुस्तामा त्यसप्रति आकर्षण घटेको पाइन्छ । युवाहरूले आधुनिकताका नाममा संस्कृति छाड्दै गएको वृद्धहरूको भनाइ छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ५ : २१ बजे

दिल्लीमा भारतीय र चिनियाँ विदेश मन्त्रीबीच उच्चस्तरीय वार्ता

काठमाडौं – भारतका विदेशमन्त्री डा.एस जयशंकर र चीनका पोलिट ब्युरो

घुस रकमसहित पक्राउ परेका वरिष्ठ वन अधिकृत यादवविरुद्ध आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीमा

सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु

सप्तरी – घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित

हाइकिङको ६१ औँ शृङ्खलामा समेटियो ‘नौमती बाजा पार्क’ क्षेत्र

गण्डकी – हाइकर्स क्लब नेपालले आफ्नो ६१औँ शृङ्खलामा कास्कीको पर्यटकीयस्थल