मिथिला क्षेत्रमा देवी प्रतिमा सर्वसाधारणका लागि खुला « Khabarhub

मिथिला क्षेत्रमा देवी प्रतिमा सर्वसाधारणका लागि खुला


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज देवी प्रतिमा सर्वसाधारणको दर्शनका लागि खुला गरिएका छन् । 

मिथिलामा बडादसैँको अवसरमा माटो मुछेर बनाइएका दुर्गाभवानीका प्रतिमा आज महासप्तमी (फूलपाती)का दिन बेलको भेट्नुले आँखा खोलिएसँगै सर्वसाधारणको दर्शनका लागि खुला गरिएका हुन् ।

पर्वका अवसरमा माटो मुछेर बनाइएका देवी प्रतिमाको आँखा आज दिन बिहान बेलफलको भेट्नुले खोस्रेर उघारेपछि प्रतिमास्थलको पर्दा उघार्ने मैथिल परम्परा छ । 

आँखा नउघारिएसम्म देवी प्रतिमाको प्राणप्रतिष्ठा नहुने भएकाले फूलपातीका दिनमात्र आँखा उघारेर प्रतिमा सर्वसाधारणका लागि खुला गरिन्छ । आँखा उघारेर प्राणप्रतिष्ठा गरिएपछि प्रतिमामा साक्षात् देवी अवतरित हुने जनविश्वास छ ।

देवी प्रतिमास्थल खुला गरिनुअघि आज  सप्तमीका दिन एकाबिहानै बाजागाजासहित बेलको रूखनेर पुगेको पुरोहितसहितको टोलीले आँखा उघार्ने प्रयोजनका लागि  शुक्रबार (षष्ठी अर्थात् नवरात्रको छैटौँ दिन)  निम्ता गरिएको बेल टिपेर ल्याई त्यही बेलको भेट्नुले देवी प्रतिमाको आँखा खोस्रेर उघारिएको हो । 

यसरी आँखा उघ्रेपछि सर्वसाधारणलाई देवी दर्शन खुला भएको हो । यसअघि हिजो षष्ठीका दिन बेललाई रातो रुमालले बाँधेर ‘बेलनौत’ (बेलनिम्ता) विधि सम्पन्न गरिएको थियो ।

षष्टी तिथिमा बेल फल रोज्ने विधिलाई ‘बेलनौत’ र सप्तमीका दिन बिहानै बेल टिप्ने विधिलाई ‘बेलतोडी’ भनिने मैथिल चलन छ । 

‘बेलनौत’‘बेलतोडी’ विधि खासमा पर्वमा माटो मुछेर बनाइएका देवी प्रतिमास्थलमा आयोजित हुन्छन् । यसबाहेक पहिलेदेखि नै रहेका काठ वा धातुबाट बनेका प्रतिमाको प्राणप्रतिष्ठा पहिले नै भइसकेको हुनाले यस्ता मन्दिरमा यी विधि अनिवार्य मानिदैनन् ।

फूलपातीका दिन आज मिथिला क्षेत्रका देवी शक्तिपीठ र मन्दिरमा विशेष पूजाअर्चना गरेर पशुबलि  दिन थालिएको छ । दशहारा (दसैँ) पर्वका अवसरमा महोत्तरी जिल्लाको औरही नगरपालिका–७ को भोइलस्थित सोनामाई मन्दिरमा नवरात्रकोे पाँचौँ दिनदेखि नै तान्त्रिक मेला (बोलीचालीमा भूतमेला भनिन्छ) सुरु भएको छ ।

अघि सत्ययुगमा दुर्गा भवानीले दमन गरेकी राक्षसी दुष्टात्मा र तिनका अनुयायीले दुःख दिएकाहरूको दुःख निवारणका लागि धामीझाँक्रीले ती दुष्टात्मालाई तह लगाउन तान्त्रिक विधिबाट देवीको आराधना गरिने चलनलाई  यहाँ बोलीचालीमा भूतमेला भन्ने गरिएको हो ।

यस्तो बेला साधकको साधनाबाट दुष्टात्मा त्यहीँ नै छट्टाउने गरेका सोनामाईस्थानका मुख्य पुजारी केदार झा बताउँछन् ।

महोत्तरीका देवी शक्तिपीठ र सोनामाई, बर्दिबास नगरपालिका–४ माईस्थानस्थित पञ्चधुरा माई, बर्दिबास–१४ हटियास्थित दुर्गामन्दिर, जलेश्वर नगरपालिका–१ स्थित संसारीमाई, राजदेवी माई, भङ्गाहा नगरपालिका–५ स्थित गढीमाई, दुर्गा मन्दिर  र पिपरा गाउँपालिकाको बनौलीमोडस्थित बौकी माई मन्दिरमा फूलपाती विशेष पूजासँगै पशुबलि दिन थालिएको छ । 

महोत्तरीका यी देवी शक्तिपीठ र मन्दिरबाहेक ४० भन्दा बढी ठाउँमा नयाँ देवी प्रतिमा निर्माण गरिएका छन् । यी ठाउँमा आयोजित दुर्गा मेला (जात्रा)मा आयोजित खेल तमासा हेर्न आज एकाबिहानैदेखि दर्शकको भीड बढ्दो छ ।

मिथिलामा पर्वविशेषमा बनाइएका माटाका देवी प्रतिमा विजयादशमीका दिन जलाशयमा विसर्जन गरेसँगै दुर्गा मेला सम्पन्न हुने परम्परा छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ७ : ११ बजे

ट्राफिक प्रहरीद्वारा चैत मसान्तसम्म २६ करोड बढी राजस्व सङ्कलन

काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको चैत

चितवनका विद्यालयलाई ‘स्कुलबस सञ्चालन निर्देशिका’ कार्यान्वयन गर्न अनुरोध

चितवन- भरतपुर महानगरपालिकाभित्र सञ्चालित स्कुल बसलाई निर्देशिका कार्यान्वयन गर्न निर्देशन

अमेरिका पक्षधर देशले हर्मुजमा कठिनाइको सामना गर्नुपर्ने इरानको चेतावनी

तेहरान- इस्लामिक गणतन्त्र इरानविरुद्ध संयुक्त राज्य अमेरिकाले लगाएका प्रतिबन्धहरूको पालना

हराएका ६५ वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं- काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ६५ थान मोटरसाइकल

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनमा सम्मान र सुरक्षाबारे विमर्श

काठमाडौं- मनमोहन स्मृति प्रतिष्ठानले यहाँ आयोजना गरेको अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक