हरेक रात पूर्णिमाको रात हुने भए !
औँसीको रातमा एक्लिन्थ्यो तारा किन ?
रमाउने बहानामा मुस्कुराउने मुहार ।
बिछोडको पीडाले छट्पटिन्थ्यो किन ?
तिम्रो हाँसोमा हजारौँ होलान् साथ दिने ।
तर, मन रुँदा आखिर मै हुँला तिम्रो पीडा लिने ।
भन्न त भन्यौ चाहिँदैन म तिम्रो जिन्दगीमा अब ।
तिमीलाई पर्खनेछु यो दुनियाँले एक्लाउने छ जब !
वीरेन्द्रनगर नगरपालिका–१, सुर्खेत
प्रतिक्रिया