नेपाल र जापानको खेल वर्षाका कारण अवरुद्ध « Khabarhub

नेपाल र जापानको खेल वर्षाका कारण अवरुद्ध


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको सेमिफाइनलमा नेपाल र जापानबीचको खेल वर्षाका कारण रोकिएको छ ।

खेलको २५ ओभर सुरु हुँदा वर्षाका कारण खेल राेकिएको हो । नेपालले दुई विकेट गुमाएर एक सय ४० रनको योगफल बनाएको छ । नेपालका लागि दीपक बोहोराले ७९ रन जोडेका छन् । उनले ७० बलमा १० चौका र दुई छक्काको मद्दतमा ७९ रन बनाएका हुन् ।

त्यस्तै दीपक र आकाश त्रिपाठीले दोस्रो विकेटका लागि ९३ रनको साझेदारी गरेका थिए । अर्जुन कुमाल १० रनमा आउट भए । हाल क्रिजमा आकाश त्रिपाठी र कप्तान देव खनाल छन् । आकाशले ३५ रन बनाएका छन् भने देवले आठ रन जोडेका छन् ।

यस खेलको विजेता यही कात्तिक ७ गते हुने फाइनल खेलका लागि छनोट हुनेछ । प्रतियोगिताको शीर्ष तीन टोलीले पाकिस्तानमा हुने यू-१९ एसिया कप खेल्नेछन् ।

 

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ११ : ५१ बजे

रूसमा युक्रेनी आक्रमण, चार जनाको मृत्यु

एजेन्सी– दक्षिणी रूसमा भएको युक्रेनी ड्रोन आक्रमणमा एक जना आठ

गत वर्ष १० करोडमा सीमित भएको ज्योति विकास बैंकको नाफा १ अर्ब नाघ्यो

काठमाडौं– ज्योति विकास बैंक लिमिटेडले आर्थिक वर्ष (आव) २०८२-८३ को

सरकारलाई रविको चेतावनी : यो रमाउने बेला होइन, परिणाम दिन नसके फेरि ‘भदौ २३’ आउन सक्छ

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

कङ्गोमा इबोला सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ हजार नाघ्यो

किन्शासा- प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा फैलिएको इबोला सङ्क्रमणबाट मृत्यु हुनेको

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

राँझा–  भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको कृषिउपजले