क्यानडाले भारतबाट आफ्ना ४१ कूटनीतिज्ञलाई फिर्ता बोलायो  « Khabarhub

क्यानडाले भारतबाट आफ्ना ४१ कूटनीतिज्ञलाई फिर्ता बोलायो 


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्यानडाले भारतमा रहेका आफ्ना ६२ मध्ये ४१ कूटनीतिज्ञलाई फिर्ता बोलाएको छ । शुक्रबार क्यानडाकी विदेशमन्त्री मेलेनी जोलीले पुष्टि गरेकी छन् ।

१८ जुनमा क्यानडामा रहेका शिख नेता हरदीप सिंह निज्जरको हत्यापछि दुई देशको सम्बन्ध बिग्रिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले हरदीपको हत्या भारतीय एजेन्सीको संलग्नता रहेको आरोप लगाएपछि भारतले त्यसको खण्डन गर्दै आएको छ ।

विदेशमन्त्री जोलीका अनुसार भारतले शुक्रबार अर्थात अक्टोबर २० पछि २१ कूटनीतिज्ञ र उनीहरूका परिवारबाहेक सबै क्यानडाली कूटनीतिज्ञहरूलाई अनैतिक रूपमा भारतबाट हटाउन दबाब दिएकोले क्यानडाले यस्तो निर्णय गरेको हो ।उनका अनुसार क्यानडाका सबै कूटनीतिज्ञ र उनीहरूका परिवार सकुशल छन् र भारत छोडेका छन् । 

यो विवादलाई नतन्काउन क्यानडाले कुनै पनि प्रतिशोधात्मक कारबाही नगर्ने निर्णय गरेको छ । क्यानडाकी परराष्ट्रमन्त्री जोलीले आफ्नो देशले सधैँ अन्तर्राष्ट्रिय कानुनको पालना गर्ने र यो सबै देशको हकमा लागू हुने बताइन् । ‘यस्तो समयमा हाम्रा लागि हाम्रा कूटनीतिज्ञहरू एकअर्काको देशमा रहनु र हरेक तहमा संवाद जारी राख्नु अत्यन्तै महत्त्वपूर्ण छ,’ उनले भनिन् ।

भारतमा २१ जना मात्र क्यानडाली कूटनीतिज्ञ रहँदा कर्मचारी अभावले काम प्रभावित हुने उनले बताएकी छन् । यसै साता भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले एक पत्रकार सम्मेलनमा क्यानडालाई भारतबाट अतिरिक्त कूटनीतिज्ञ हटाउन भनिएको र आवश्यक भन्दा धेरै राख्दा भारतको आन्तरिक मामिलामा हस्तक्षेप हुने बताएका थिए ।

अक्टोबर पहिला साता क्यानडाका प्रधानमन्त्री ट्रूडोले भारतसँग विवाद बढाउन नचाहेको र त्यहाँ क्यानडाको कूटनीतिज्ञ रहनु महत्वपूर्ण भएको बताएका थिए । क्यानडाकी विदेशमन्त्री जोलीले पनि कूटनीतिक संकटबाट बाहिर निस्कन भारतसँग वार्ता गर्न चाहेको बताएकी छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ४ : ५७ बजे

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा

देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा, बढ्यो कांग्रेस विभाजनको जोखिम

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहद्वारा शुक्रबारदेखि आयोजित राष्ट्रिय भेला