टुँडिखेलमा फूलपाती बढाइँ | Khabarhub Khabarhub

टुँडिखेलमा फूलपाती बढाइँ


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न फूलपाती बढाइँ समारोह गरिएको छ । बडादसैँको सातौँ दिनको अवसर पारेर आयोजना गरिएको फूलपाती बढाइँ कार्यक्रममा सैनिक परेड प्रदर्शन गरिएको थियो । 

बढाइँ कार्यक्रममा सैनिक हेलिकप्टरद्वारा फूलपाती बढाइ समारोह-२०८० लेखिएको ब्यानर प्रदर्शन, पुष्पवृष्टिका साथै राष्ट्रिय गीतसहित विभिन्न धुन प्रस्तुत गरिएको थियो । नेपाली सेनाले फूलपाती बढाइँअन्तर्गत राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ प्रस्तुत गरेको थियो ।

 

समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं रक्षामन्त्रीलगायत विशिष्ट महानुभावको सहभागिता थियो । 

बडादसैँका सन्दर्भमा गरिने फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ । नेपाली सेनाले सैनिक मञ्चमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ गर्ने पुरानै चलन हो । 

गोर्खाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोकाको दसैँघरमा भित्र्याउने साइत मिलाएर टुँडिखेलमा फूलपाती बढाइँ गरिन्छ । 

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ५ : ४६ बजे

सरकार छाडेर पार्टी सम्हाल्न कुलमानमाथि दबाब, प्रधानमन्त्रीसँग छलफलपछि निर्णय लिने

काठमाडौं- अर्कैलाई अध्यक्ष बनाएर उज्यालो नेपाल पार्टी दर्ता गराएका ऊर्जामन्त्री

जेन-जी आन्दोलनका कारण निजी क्षेत्रमा करिब ३६ अर्बको क्षति

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड र

गृहमन्त्री अर्यालले भने- एनपीएलको सुरक्षा प्रबन्ध चुस्त दुरुस्त राख्नुहोस्

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भोलीबाट सुरु हुन गइरहेको दोस्रो संस्करणको

हिमाको ८० प्रतिशत घरमा धारा जडान

जुम्ला- करिब ८० प्रतिशत घरधुरीमा धारा जडान गर्न जिल्लाको हिमा

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा यादव

देवदह– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल लुम्बिनी