इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडको जित | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडको जित


५ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले जित निकालेको छ । शनिबार राति भएको खेलमा सेफिल्ड युनाइटेडलाई २–१ गोलले हराउँदै म्यानचेस्टरले जित निकालेको हो । 

म्यानचेस्टरका स्कट म्याकटोमिने र डिएगो डालोटले एक–एक गोल गरे भने सेफिल्डका ओलिभर म्याकब्रुनीले एक गोल फर्काए ।

खेलको २८औँ मिनेटमा म्यानचेस्टरका म्याकटोमिनेले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, सेफिल्डका ओलिभरले ३४औँ मिनेटमा गोल गर्दै टोलीलाई १–१ गोलको बराबरीमा ल्याए । 

त्यसपछि ७७औँ मिनेटमा डिएगोले गोल गर्दै म्यानचेस्टरलाई २–१ को जित दिलाए । यो जितसँगै म्यानचेस्टर युनाइटेड ९ खेलबाट १५ अङ्कका साथ आठौँ स्थानमा उक्लिएको छ भने १ अंक रहेको सेफिल्ड तालिकाको पुछारमा छ । 

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ७ : २७ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको