आयुर्वेद उपचार पद्धतिको विकास गर्नुपर्छ : स्वास्थ्यमन्त्री | Khabarhub Khabarhub

आयुर्वेद उपचार पद्धतिको विकास गर्नुपर्छ : स्वास्थ्यमन्त्री


५ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा आयुर्वेद उपचार पद्धतिको विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

बागलुङको बागलुङ नगरपालिका–६ स्थित विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटमा आयुर्वेद अस्पताल निर्माणको शिलान्यास गर्दै उनले पूर्वाधारसँगै अस्पतालको सेवा सञ्चालनमा सरकारको सहयोग रहने बताए ।

मन्त्री बस्नेतले अस्पताल भवनको पहिलो तला निर्माणका लागि ३८ लाख रुपैयाँ सङ्घीय सरकारकोतर्फबाट उपलब्ध गराउने वचन दिए ।

‘अस्पतालको भवनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तोकेको मापदण्ड छ, सोहीअनुसार पहिलो तलाका लागि चाहिने बजेट यही वर्ष हामी उपलब्ध गराउँछौँ’, उनले भने, ‘पूर्वाधारसँगै अस्पतालको सेवा सञ्चालनमा सरकारको सहयोग रहन्छ ।’

उनले आयुर्वेदको विकासका लागि सरकारले जेजति गर्नुपर्ने थियो अझै हुन नसकेको बताए ।

स्वास्थ्यमन्त्री बस्नेतले पञ्चकोटमा आयोजित श्री विश्वशान्ति गण्डकी महासभाको २२औँ शृङ्खलाको शुभारम्भसमेत गरेका थिए । 

सो अवसरमा मन्त्रीसमक्ष आगामी फागुनमा आयोजना हुने अनन्तश्री ब्रह्माण्डीय महायज्ञ–२०८० बारे जानकारी गराइएको पञ्चकोट विकास समितिका सचिव नारायण आचार्यले जानकारी दिए । 

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ८ : ३५ बजे

आज २०८१ साल भदौ २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार तदनुसार

कैलालीका थारू बस्तीमा अटवारी पर्वको चहलपहल

कैलाली – कैलालीका थारू समुदाय बाहुल्य गाउँ तथा बस्तीमा अटवारी

सन् २०२९ सम्म भारतीय डिजिटल कारोबारको बजार तीन गुणा वृद्धि हुने

काठमाडौं – आर्थिक वर्ष सन् २०२३–२४ मा भारतीय डिजिटल भुक्तानीको

गाजामा कुपोषणका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

गाजा – गाजापट्टीको दक्षिणी क्षेत्र खान युनिसमा शनिबार दिउँसो एक

बागलुङ कालिकामा चलचित्र ‘वसन्त’को शुभमूर्हत

गण्डकी – गलबन्दी प्रडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र ‘वसन्त’को शनिबार