नवदुर्गा मध्येको आठौँ रुप महागौरी | Khabarhub Khabarhub

नवदुर्गा मध्येको आठौँ रुप महागौरी


५ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

श्वेते वृषे समारूढा श्वेताम्बरधरा शुचिः ।
महागौरी शुभं दद्यान्महादेवप्रमोददा ।।

बडादसैँ अन्तर्गत आज नवरात्रको आठौँ दिन । यस दिन नवदुर्गामध्ये आठौँ देवी महागौरीको पूजाआराधना गरिँदै छ ।

माता दुर्गाको आठौँ स्वरुपलाई महागौरी भनिन्छ । यस रुपमा उनको पुरै शरीरको रङ्ग सेतो र उनले धारण गरेको सम्पूर्ण वस्त्र आभूषणहरु पनि सबै सेतै छन् ।

उनका चारवटा हातहरू छन् र बाहन साँढे हो । उनले दाहिने तर्फको दुबै हातमा वरमुद्रा र त्रिशूल लिएकी छिन् भने वायाँतर्फका हातमा डमरु तथा अभयमुद्राले सुसज्जित भएकी छिन् । 

नवरात्रको आठौँ दिनमा उनको पूजा गर्ने चलन छ । उनको पुजन अमोध तथा सधैँ फलदायी सिद्ध भएको छ । माता गौरीको पुजनबाट भक्तजनलाई चारैतिरबाट कल्याण हुनुकासाथै पहिलेको सबै पापकर्मको पनि नास हुँदै जान्छ ।

उनको कृपाबाट अद्भूत र अलौकिक सिद्धि प्राप्त हुन्छ । जुन मानिसले सधैँ माता गौरीको भक्ति गर्दछन् उनीहरुको सबै मनोकामना पूर्ण हुने धार्मिक विश्वास छ । शास्त्र, पुराणहरूमा उनको महिमाको धेरै वर्णन भएको पाइन्छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ११ : ०९ बजे

पूर्वमुख्यसचिव बैकुण्ठ अर्यालको भ्रष्टाचार मुद्दा सर्वोच्च पुग्यो

काठमाडौँ – अख्तियार दुरुपयोग आयोगले सुरक्षण मुद्रण केन्द्रमा भएको अन्तःशुल्क

युक्रेनको स्वतन्त्रता दिवसमा सहभागी हुन क्यानडाका प्रधानमन्त्री किएभमा

किएभ– क्यानडाका प्रधानमन्त्री मार्क कार्नी आइतबार युक्रेनको स्वतन्त्रता दिवस मनाउन

नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल-२०२५ आयोजना गरिने

काठमाडौं– नेपाल पर्यटन बोर्ड र नेपाल आर्ट काउन्सिलले काठमाडौं उपत्यकाका

अब फोन गरेरै बाढीसम्बन्धी पूर्व सूचना दिइने

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले बाढीसम्बन्धी पूर्व सूचनालाई थप