ब्राजिलको अमेजनमा खडेरीले प्राचीन आकृति उजागर « Khabarhub

ब्राजिलको अमेजनमा खडेरीले प्राचीन आकृति उजागर


५ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

 ब्राजिल– अमेजनका केही भागमा अत्यधिक खडेरीका कारण नदीको पानीको सतहमा नाटकीय गिरावट आएको छ । यसले करिब दुई हजार वर्ष पुरानो हुनसक्ने ठानिएको जलमग्न दर्जनौँ चट्टानमा मानव आकृति देखिएको छ । 

अमेजनको सबैभन्दा ठूलो सहर मनाउसका लामो समयदेखिका निवासी लिभिया रिबेरोले साथीहरूबाट चट्टानमा मानव आकृतिका बारेमा सुनेको र हेर्न चाहेको बताए । ‘मलाई यो झुट हो जस्तो लागेको छ, मैले यसलाई कहिल्यै पनि देखेकी थिइनँ, म मनाउसमा २७ वर्षदेखि बस्दै आएकी छु’, उक्त आकृति हेरेपछि प्रशासक रिबेरोले भने । 

चट्टानका आकृतिहरू सामान्यतया देखिँदैन किनकी तिनीहरू निग्रो नदीको पानीले भरिन्छ, यो नदीको प्रवाह गत साता एक सय २१ वर्षमा सबैभन्दा कम स्तरमा रेकर्ड गरिएको थियो । 

नदी किनारमा आकृतिहरू सहितको सतहले वैज्ञानिक र सर्वसाधारणलाई खुसी प्रदान गरेको छ तर चिन्ता गर्ने प्रश्न पनि दिएको छ । ‘हामी आउँछौँ, आकृति देख्छौँ र हामीलाई ती सुन्दर लाग्छन् तर यो चिन्ताजनक पनि छ, मलाई यो नदी ५० वा एक सय वर्षमा अस्तित्वमा रहन्छ र भन्ने लाग्छ’, रिबेरोले भने । 

ब्राजिलको अमेजनमा खडेरीका कारण हालैका साताहरूमा नदीको जलस्तर अत्यन्त कम भएको छ जसबाट यो क्षेत्र प्रभावित भएको छ । यो जल यातायात र आपूर्तिका लागि जलमार्गको सञ्जालमा निर्भर छ । 

ब्राजिल सरकारले उक्त क्षेत्रमा आपतकालीन सहायता पठाएको छ । यहाँ सामान्यतया नदीका किनारा सुक्खा हुन्छन् र फँसेका डुङ्गाहरूले भरिएका हुन्छन् । 

विज्ञहरूका अनुसार यस वर्ष अल निनोका कारण प्रशान्त महासागरमा रहेको अनियमित जलवायु खराब भएको छ र यसबाट जलवायु परिवर्तनका असर बढेको छ । 

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  २ : ३५ बजे

एक महिनापछि चल्यो च्याममा फोरजी सेवा

हुम्ला– नेपाल टेलिकमको अवरुद्ध फोरजी सेवा सञ्चालनमा आएको छ ।

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबिच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख मिल्टन

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि