असनका तुलाधरको खड्गजात्रा सम्पन्न « Khabarhub

असनका तुलाधरको खड्गजात्रा सम्पन्न


९ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– असन आसपास क्षेत्रका तुलाधर समुदायले बडादसैँको अवसरमा आश्विन शुक्ल एकादशीका दिन खड्ग जात्रा गरेका छन् ।

काठमाडौँ महानगरपालिका–२७ स्थित असनमा रहेको कुलदेवताको मन्दिरमा तुलाधर समुदायले बुधबार विधिअनुसार पूजा गरेपछि कुभिन्डोमा बनाइएको दैत्यको चित्रलाई काटेर प्रतीकात्मक रुपमा आसुरी शक्तिमाथि विजय प्राप्त गरेको सन्देश दिन  बाजागाजासहितको खड्गजात्रालाई टोल परिक्रमा गराएका थिए ।

उक्त समुदायले घटस्थापनाका दिन विधिपूर्वक राखेको जमरा विभिन्न देवी तथा देवताको चढाउनाका साथै तन्त्र साधना गरी देवदेवीको मूर्ति रहेको शक्तिपीठको पूजा गरेका थिए । तुलाधर समाजभित्र सबैभन्दा कनिष्ठ बालकलाई नाइके बनाएर नगर परिक्रमा गर्ने चलन छ ।

समाजमा आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाउने विश्वासका साथ यस किसिमको विधि अवलम्बन गरिएको उद्यमी ज्ञानेन्द्ररत्न तुलाधरले बताए ।

स्थानीय तुलाधर समुदाय दशमीका दिन पनि व्यापारिक कार्यमा व्यस्त रहने हुँदा एकादशीका दिन अग्रजका हातबाट टीका तथा प्रसाद ग्रहण गर्ने तथा आफन्त, नातागोता बोलाएर रमाइलो गर्ने गर्दछन् ।

सम्राट अशोकले कलिङको युद्धमा लाखौँ मानिसको नरसंहारपछि पश्चाताप गर्दै अस्त्रशस्त्र त्याग गरेको घटनासँग जोडिएकाले पशुबलि निषेध गरिएको यो जात्रालाई हिन्दु र बौद्ध धर्मावलम्बीले साझा संस्कृतिका रुपमा लिने गर्दछन् । 

विभिन्न समुदायले गर्ने संस्कृति, जात्रा तथा पर्वको महत्व र विशेषता फरक फरक भए पनि यसले नेपाली संस्कृतिको गौरव बढाएको छ । 

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहीबार  १० : २० बजे

दूरसञ्चार सेवाको गुणस्तरबारे प्राधिकरणसँग जानकारी माग

काठमाडौं – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरको अवस्थाबारे

गणेश पराजुलीको दाबी- सरकार गठन भएपछि सुशासन र सेवा प्रवाहमा सुधार देखिए

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले वर्तमान

दूध ट्याङ्कर दुर्घटनामा सहचालकको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा दूध बोकेको ट्याङ्कर दुर्घटना हुँदा सहचालक

एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज

काठमाडौं– एनसेलले नेपालमा एप्पल फोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँग सहकार्य

सङ्क्रमणकालीन न्याय र जेन-जीका फाइल खोल्न सरकारलाई बाँस्कोटाको आग्रह

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बाँस्कोटाले लामो