दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू « Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, नेपाली कांग्रेसको शुभकामना र चियापान शनिबार, चीनका पूर्व प्रधानमन्त्रीको निधनमा ओलीद्धारा दुःख व्यक्त, राष्ट्रियसभाको बैठक कात्तिक १४ गते बस्ने, प्रधानसेनापति शर्मा चीन प्रस्थान, नेपालमा सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला एक लाख १६ हजार रुपैयाँमा कारोबार, एकै परिवारका ४ जना मृतावस्थामा फेला लगायतका समाचारले प्रमुख स्थान पाए ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उक्त भेटघाट भएको हो ।

नेपाली कांग्रेसको शुभकामना र चियापान शनिबार
कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली कांग्रेसले भोलि शनिबार दिउँसो २ देखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दैछ ।

बडादसैँ, तिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गर्न लागेको पार्टीका केन्द्रीय सदस्य रामहरि खतिवडाले बताए।

चीनका पुर्व प्रधानमन्त्रीको निधनमा ओलीद्धारा दुःख व्यक्त
चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन प्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।

शुक्रबार बिहान हृदयघातका कारण सांघाइमा चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको थियो । उनको निधनले चुनौती पूर्ण अवधिमा नेपाललाई दिएको साथ ओलीले स्मरण गरेका छन् ।

राष्ट्रियसभाको बैठक कात्तिक १४ गते बस्ने
राष्ट्रियसभाको अर्को बैठक आगामी कात्तिक १४ गते अपराह्न ४ः४६ बजे बस्ने भएको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रियसभाको अर्को बैठक उक्त दिन र समयमा बस्ने गरी निर्धारण गरेको राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालद्वारा आज यहाँ जारी सूचनामा उल्लेख छ ।

एमालेको चियापान कार्यक्रम एक दिन पर सर्‍यो
नेकपा एमालेले आयोजना गर्ने चियापान कार्यक्रम एक दिन पर सरेको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका कारण एमालेले आफ्नो चियापान एक दिन पर सारेको हो । उक्त चियापान कार्यक्रम १४ गतेका लागि तय गरिएको थियो ।

नेपालमा सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला एक लाख १६ हजार रुपैयाँमा कारोबार
नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य पाँच सय रुपैयाँले बढेको जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

मधेशमा मखान बिक्री गर्न र किन्न भ्याइ नभ्याइ
मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका हाटबजारमा पान र मखानको बिक्री बढेको छ। कोजाग्रत पूर्णिका दिन पान र मखान  खाने(ख्वाइने परम्परा मधेशमा रही आएको छ ।एक दिनअघि नै यस क्षेत्रका गाउँ नगर बस्तीका बजारमा पान र मखानको बजार जमेको हो । कोजाग्रत पूर्णिमा शनिबार मनाइँदैछ ।

प्रधानसेनापति शर्मा चीन प्रस्थान
प्रधानसेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज बेइजिङ प्रस्थान गरेका छन् । उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा र बलाध्यक्ष रथी सीताराम खड्काले बिदाइ गरे ।

नुहाउन गएका दुई बालकको नदीमा डुबेर मृत्यु
नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । कैलालीको काँडा नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको हो ।

डुबेर मृत्यु हुनेमा बर्दगोरीया गाउँपालिका– ६ का ६ वर्षीय दिप्सन मल्ल र सोही ठाउँका ८ वर्षीय आयुष मल्ल रहेका छन् ।

एकै परिवारका ४ जना मृतावस्थामा फेला
मुगुको छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी मृतावस्थामा फेला परेका छन् ।

मृतास्थामा फेला पर्नेमा छायानाथ रारा –६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज , ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

हेटौँडा-ढल्केबर-इनरुवा ४०० केभी प्रसारण लाइनको तार तान्ने काम धमाधम
विसं २०८० देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौँडा-ढल्केबर-इनरुवा चार सय केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको तार तान्ने काम धमाधम भइरहेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ९ : ०९ बजे

सशस्त्र प्रहरीले एक वर्षमा १३ करोडभन्दा बढीको अवैध सामान बरामद

भद्रपुर– सशस्त्र प्रहरीले एक वर्षको अवधिमा रु १३ करोड बढी

मन्त्रिपरिषद्का ५ निर्णय: सुनसरी र सिरहामा मारिएका चारजना सहिद घोषित, एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गरिने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच

भारतसँग सम्बन्ध सुधार्ने बङ्गलादेशको चाहना

ढाका- बङ्गलादेशले भारतसँगको सम्बन्धलाई पारस्परिक सम्मान र हितमा आधारित बनाउँदै

अनशनरत यादवको स्वास्थ्यप्रति गम्भीर बन्न सरकारलाई मानवअधिकार आयोगको आग्रह

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँको माइतीघरमा अनशनरत विनय यादवको बिग्रँदो

ट्राफिक कारबाहीमा ९५ हजार ७७ सवारीसाधन

सुनसरी– आर्थिक वर्ष २०८२-८३ मा कोशी प्रदेशमा नियम पालना नगर्ने