मुम्बई चलचित्र महोत्सवमा नेपाली चलचित्र | Khabarhub Khabarhub

मुम्बई चलचित्र महोत्सवमा नेपाली चलचित्र


११ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शुक्रबारदेखि भारतमा सुरु भएको ‘मुम्बई चलचित्र महोत्सव २०२३ (मामी)’ मा नेपाली चलचित्रको वर्चस्व देखिएको छ । 

कात्तिक १९ गतेसम्म सञ्चालनमा रहने महोत्सवमा सहभागी हुन नेपाली चलचित्रकर्मी त्यहाँ पुगिसकेका छन् । महोत्सवमा ७० देशका दुई सय ५० चलचित्र प्रतिस्पर्धामा छन् ।

महोत्सवमा नेपालबाट चलचित्र ‘गाउँ आएको बाटो’ ‘साउथ एसिया प्रिमियर’ मा सहभागी हुँदैछ । यस्तै, ‘द रेड सुटकेस’ र ‘गुराँस’ पनि साउथ एसिया अन्तर्गतको प्रतिस्पर्धामा छन् ।

 

महोत्सवमा दिवा शाहको निर्देशन र नेपाल र भारतको सहकार्यमा निर्माण भएको ‘बहादुर : द ब्रेभ’ समेत प्रतिस्पर्धामा छ ।

छोटो चलचित्रको विधामा आयारुस पौडेलको ‘हेलेना’‘विन्डहर्स पनि प्रतिस्पर्धामा छन् । विदुषी गिरीको लेखन र निर्देशनमा निर्माण भएको छोटो चलचित्र ‘चिसो घर’ पहिलो प्रदर्शनी (वर्ल्ड  प्रिमियर) को लागि छनोट भएको छ । उक्त चलचित्र ‘फोकस साउथ एसिया’ विधा अन्तर्गत छनोट भएको हो ।

महोत्सवमा सहभागी हुन पुगेकी निर्देशक गिरीले अन्तर्राष्ट्रिय महोत्सवमा छनोट हुँदा उत्साहित भएकोे प्रतिक्रिया दिइन् । नेपाली चलचित्र पछिल्लो समय विश्वका विभिन्न प्रसिद्ध महोत्सवमा छनोट भइरहेका छन् । मौलिक कथा छनोट गरिने यस्ता महोत्सवमार्फत नेपाली चलचित्र निर्माणको लगानीमा समेत सहयोग मिल्ने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ११ : ४३ बजे

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’