भारतमा एकै परिवारका ७ जनाले गरे सामूहिक आत्महत्या  « Khabarhub

भारतमा एकै परिवारका ७ जनाले गरे सामूहिक आत्महत्या 


११ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतको सुरत शहरमा सामूहिक आत्महत्याको खबर सार्वजनिक भएको छ । यस दुखद घटनामा एकैसाथ सात जनाको मृत्यु भएको छ । सुरतको यो हृदयविदारक घटनामा पुरै परिवारले विष पिएर सामूहिक आत्महत्या गरेका छन् । 

एक परिवारका श्रीमान श्रीमती, बाबुआमा, एक छोरा र दुई छोरीसहित सामूहिक आत्महत्या गरेको खबर सार्वजनिक भएको हो । शान्तिलाल सोलंकीले झुण्डिएर आत्महत्या गरेका छन् भने परिवारका अन्य सदस्यले पनि विष खाएर आत्महत्या गरेको आशंका गरिएको छ । यो घटना सूरतको पालनपुर क्षेत्रमा भएको हो ।

प्रहरीका अनुसार यो दुखद घटना शनिबार सूरतको अडाजन क्षेत्रमा भएको हो । यस घटनाले सुरतका बासिन्दाहरूलाई स्तब्ध बनाएको छ किनभने चार वयस्क र तीन बालबालिकासहित एकै परिवारका सात सदस्यले सामूहिक आत्महत्या गरेका छन्। घटना अडाजनको पालनपुर पटियास्थित सिद्धेश्वर अपार्टमेन्टमा भएको हो ।

शान्तिलाल सोलंकीले पहिले आफ्नी श्रीमती, आमा, बुबा र तीन छोराछोरीसहित परिवारका सदस्यलाई विष दिएर पछि आफ्नै अपार्टमेन्टमा झुण्डिएर आत्महत्या गरेका थिए । घटना बारे स्थानीयले प्रहरीलाई खबर गरेपछि अडाजन प्रहरी र वरिष्ठ प्रहरी अधिकारी घटनास्थलमा पुगेका थिए ।

यो घटनाले पालनपुर पटियामा बसोबास गर्ने जनतामा शोकको लहर फैलिएको छ । मृत्युको कारण खुल्नका लागि प्रहरीले शव पोष्टमार्टमका लागि नयाँ सिभिल अस्पतालमा राखेको छ ।

प्रहरी अधिकारीहरूले परिवार र उनीहरूको आर्थिक अवस्थाबारे थप जानकारी लिन छिमेकीहरू र क्षेत्रका अन्य मानिसहरूसँग सोधपुछ गर्न थालेका छन्। यो सामूहिक आत्महत्याको कारण के हो ? भनेर अहिलेसम्म कसैलाई थाहा छैन। तर, आर्थिक समस्या, पारिवारिक विवादलगायत सबै पक्षमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार सुरतमा भएको सामूहिक आत्महत्याको घटनामा एकैसाथ सात जनाको मृत्यु हुनेमा शान्तिलाल सोलंकी र उनकी श्रीमती रीता सोलंकी, उनका छोरी काव्या सोलंकी र दीक्षा सोलंकी, छोरा कुशल सोलंकी, शान्तिलाल सोलंकीका बुवा कानुभाइ सोलंकी र आमा शिलाबेन रहेका छन् । 

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ६ : ०२ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले