उत्तर कोरियाले नयाँ प्रकारको क्षेप्यास्त्र परीक्षण गर्यो « Khabarhub

उत्तर कोरियाले नयाँ प्रकारको क्षेप्यास्त्र परीक्षण गर्यो


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नयाँ नयाँ क्षेप्यास्त्र परीक्षण गरेर विश्वमा चर्चित बनेको उत्तरकोरियाले फेरि नयाँ प्रकारको क्षेप्यास्त्र परीक्षण गरेको छ ।

उत्तर कोरियाले बिहीबार दुई छोटो दुरीका क्षेप्यास्त्र समुन्द्रमा प्रहार गरेको दक्षिण कोरियाको सैन्य प्रमुखले बताएका छन्। ती क्षेप्यास्त्र उत्तर कोरियाको पूर्वमा रहेको ओन्सानबाट प्रक्षेपण गरिएको थियो ।

एक अधिकारीका अनुसार यो क्षेप्यास्त्र ६ सय ९० किलोमिटर पर पुगेको थियो। गत महिना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग किम जङ-अनले अचानक भेटेपछि उत्तर कोरियाले गरेको पहिलो क्षेप्यास्त्र प्रहार हो।

अमेरिकाले बर्सेनि दक्षिण कोरियासँग गर्ने संयुक्त सैन्य अभ्यासको बारेका उत्तर कोरियाले आक्रामक प्रतिक्रिया दिएपछि यो परीक्षण गरिएको हो।

उत्तर कोरियाले सैन्य अभ्यासले पारमाणिक निशस्त्रीकरण वार्तालाई असर पुर्‍याउन सक्ने बताएको छ। दक्षिण कोरियाका अनुसार पहिलो क्षेप्यास्त्र बिहान ५:३४ मा र दोस्रो ५:५७ मा प्रक्षेपण भएको हो।

शुरूमा दुवै क्षेप्यास्त्र लगभग ४ सय ३० किलोमिटर पर र ५० किलोमिटर उचाइमा पुगेर सी अफ जापान भनिने पूर्वी समुन्द्रमा खसेको थियो।

तर दक्षिण कोरिया र अमेरिकाले गरेको विश्लेषणपछि तीमध्ये कम्तीमा एउटा नयाँ प्रकारको क्षेप्यास्त्र भएको बताइएको छ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  १० : ३६ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले