उत्तर कोरियाले नयाँ प्रकारको क्षेप्यास्त्र परीक्षण गर्यो « Khabarhub

उत्तर कोरियाले नयाँ प्रकारको क्षेप्यास्त्र परीक्षण गर्यो


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नयाँ नयाँ क्षेप्यास्त्र परीक्षण गरेर विश्वमा चर्चित बनेको उत्तरकोरियाले फेरि नयाँ प्रकारको क्षेप्यास्त्र परीक्षण गरेको छ ।

उत्तर कोरियाले बिहीबार दुई छोटो दुरीका क्षेप्यास्त्र समुन्द्रमा प्रहार गरेको दक्षिण कोरियाको सैन्य प्रमुखले बताएका छन्। ती क्षेप्यास्त्र उत्तर कोरियाको पूर्वमा रहेको ओन्सानबाट प्रक्षेपण गरिएको थियो ।

एक अधिकारीका अनुसार यो क्षेप्यास्त्र ६ सय ९० किलोमिटर पर पुगेको थियो। गत महिना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग किम जङ-अनले अचानक भेटेपछि उत्तर कोरियाले गरेको पहिलो क्षेप्यास्त्र प्रहार हो।

अमेरिकाले बर्सेनि दक्षिण कोरियासँग गर्ने संयुक्त सैन्य अभ्यासको बारेका उत्तर कोरियाले आक्रामक प्रतिक्रिया दिएपछि यो परीक्षण गरिएको हो।

उत्तर कोरियाले सैन्य अभ्यासले पारमाणिक निशस्त्रीकरण वार्तालाई असर पुर्‍याउन सक्ने बताएको छ। दक्षिण कोरियाका अनुसार पहिलो क्षेप्यास्त्र बिहान ५:३४ मा र दोस्रो ५:५७ मा प्रक्षेपण भएको हो।

शुरूमा दुवै क्षेप्यास्त्र लगभग ४ सय ३० किलोमिटर पर र ५० किलोमिटर उचाइमा पुगेर सी अफ जापान भनिने पूर्वी समुन्द्रमा खसेको थियो।

तर दक्षिण कोरिया र अमेरिकाले गरेको विश्लेषणपछि तीमध्ये कम्तीमा एउटा नयाँ प्रकारको क्षेप्यास्त्र भएको बताइएको छ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  १० : ३६ बजे

रोमानियामा रेल दुर्घटना: दुई नेपालीको ज्यान गयो

काठमाडौँ – पूर्वी रोमानियाको बकाउ शहरमा रेलको टक्करबाट दुई जना

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन– भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको भूमिगत

चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन– चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

म्याग्दीमा खोलाले बगाएर एकजना बेपत्ता

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै

दाङ– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा सोमबार एक हजारभन्दा बढी