इजरायलमा ज्यान गुमाएका थप दुई नेपालीको शव पहिचान « Khabarhub

इजरायलमा ज्यान गुमाएका थप दुई नेपालीको शव पहिचान


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


789
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी ज्यान गुमाएको थप दुई नेपालीको शव पहिचान भएको छ । तेल अबिबस्थित नेपाली दूतावासले सोमबार साँझ एक विज्ञप्ती जारी गर्दै दुई नेपालीको शव पहिचान भएको जनाकारी दिएको हो ।

शव पहिचान हुनेमा मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार र सपही –६ धनुषाका अनन्द साह रहेका छन् । योसँगै उक्त आक्रमणमा परी ज्यान गुमाएका १० नेपालीहरुको शव पहिचान भएको छ ।

‘आवश्यक प्रक्रिया पुरा गरी पहिचान भएका सबै शव यथाशीघ्र स्वदेश पठाउने व्यवस्था मिलाइँदैछ’, विज्ञप्तिमा उल्लेख छ।

इजरायल सरकारले सम्पर्कविहीन भएका विपिन जोशीको खोजी पनि जारी रोखेको दूतावासले जनाएको छ। दूतावासका अनुसार हमासको आक्रमणमा परी घाइते भएका चार जना विद्यार्थीमध्ये दुई जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ९ : ५५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार