खेलकुदमन्त्री लिम्बू र रुसका राजदूत नोभिकोभबीच भेट | Khabarhub Khabarhub

खेलकुदमन्त्री लिम्बू र रुसका राजदूत नोभिकोभबीच भेट


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू र नेपालका लागि रुसका राजदूत एलेक्सेइनोभिकोभबीच आज भेटवार्ता भएको छ । सिंहदरबारस्थित खेलकुदमन्त्री लिम्बूको कार्यकक्षमा भएको उक्त भेटमा सन् २०२४ को मार्चमा रुसको कजानमा हुने ‘गेम्स अफ फ्युचर’ का साथै खेलकुदका विविध पक्षबारे छलफल भएको थियो ।

राजदूत नोभिकोभले गेम्समा नेपालको सहभागिताबारे यकिन हुन चाहेको बताउँदै गेम्सको उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को समय मिले त्यसको तयारी गर्न रुस तयार रहेको बताए।

खेलकुदमन्त्री लिम्बूले नेपाल–रुसबीचको लामो र सुमधुर सम्बन्धलाई यस्ता कार्यक्रमले अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्दै गेम्समा सहभागिताका लागि गम्भीर रहेको बताए।

सो अवसरमा सन् २०२४ मा रुसकै सोचीमा मार्चमै हुने विश्व युवा महोत्सवमा नेपालको सहभागिताबारे पनि कुराकानी भएको थियो । सोही अवसरमा युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  ७ : ३० बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ ।

धानको समर्थन मूल्यको पर्खाइमा किसान

कैलाली– कैलालीको टीकापुर नगरपालिका–४ का बन्धुराम डगौरा खाद्य व्यवस्था तथा

छठको कार्यक्रममा सहभागी हुन नसकेको भन्दै गगनले आयोजकसँग मागे क्षमा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले औपचारिक कार्यक्रममा सहभागी

देउसी भैलोमा सङ्कलित दुईलाख रुपैयाँ सडक निर्माणमा

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामाआमा समूहले देउसीभैलो खेलेर सङ्कलन गरेको

तीनसय बढी विदेशी पर्यटकबाट कञ्चनजङ्घा हिमाल क्षेत्रको भ्रमण

ताप्लेजुङ– पछिल्लो समय ताप्लेजुङस्थित हिमाल (पिक) आरोहण गर्न सुरुवात भएको