न्युजिल्यान्डका प्रधानमन्त्रीले तीन-दलीय गठबन्धन सरकार बनाउने | Khabarhub Khabarhub

न्युजिल्यान्डका प्रधानमन्त्रीले तीन-दलीय गठबन्धन सरकार बनाउने


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वेलिङ्टन शुक्रबार अन्तिम चुनावी परिणाममा पूर्ण बहुमत हासिल गर्न असफल भएपछि न्युजिल्यान्डमा नयाँ प्रधानमन्त्री क्रिस्टोफर लक्सनले तीन–दलीय गठबन्धन सरकार बनाउने बताएका छन् ।

लक्सनको नेसनल पार्टीले गत महिना भएको निर्वाचनमा कूल एक सय २३ सिटमा ४८ सिट हासिल गरेपछि उनलाई सरकार बनाउन अन्य पार्टीको समर्थन आवश्यक परेको छ । एयरलाइन्सका पूर्वकार्यकारी ५३ वर्षीय लक्सनले उदारवादी एसिटी र लोकप्रिय न्युजिल्यान्ड फर्स्ट पार्टीसँग सरकार गठनका लागि शनिबार र आइतबार वार्ता हुने जानकारी दिए । 

‘अन्तिम स्पष्टता हुनु राम्रो हो, अब हामी तीव्रता प्राप्त गर्न सक्छौँ’, गठबन्धन सम्झौतामा समय सीमा तोक्न अस्वीकार गर्दै वेलिङ्टनस्थित संसद्मा पत्रकारहरूसँग लक्सनले भने, ‘हामी दुवै पार्टीसँग रचनात्मकरूपमा काम गर्नेछौँ, हामी एकसाथ आउनेछौँ र एउटा बलियो र स्थिर सरकार बनाउनेछौँ ।’

नोभेम्बरमा सान फ्रासिस्कोमा एसिया–प्रशान्त क्षेत्रका प्रमुख नेताहरूको शिखर सम्मेलन सुरु हुनुअघि न्युजिल्यान्डमा सरकार बन्न सक्छ वा सक्दैन भन्ने स्पष्ट छैन । सरकार गठन गरेको पहिलो एक सय दिनमा नेसनल पार्टीले स्कुलमा सेलफोनमाथि प्रतिबन्ध, अपराध नियन्त्रण र योजनाबद्ध इन्धनमा कर वृद्धि खारेजजस्ता परिवर्तन गर्ने वाचा गरेको छ । 

न्युजिल्यान्डका मतदाताहरूले अक्टोबर १४ मा भएको निर्वाचनमा मध्य–वामपन्थी लेबर सरकारको छ वर्षको शासनलाई अन्त्य गरेका छन् । जनवरीमा जसिन्डा अर्डर्नको स्थानमा प्रधानमन्त्री बनेका क्रिस हिपकिन्सले मतदान सकिएको केही घन्टापछि पराजय स्वीकार गरेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  १२ : ४१ बजे

सभामुख घिमिरेले दिए बडादसैँको शुभकामना

काठमाडौं– सभामुख देवराज घिमिरेले बडादसैँका अवसरमा स्वदेश तथा विदेशमा रहेका

दसैँमा तेह्र लाख मानिस उपत्यकाबाट बाहिरिए

काठमाडौ‌ं– एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन्

बैतडीका निङ्गलाशैनी र उदयदेव मन्दिरमा राँगा बोकाको बलिसहित जात्रा

काठमाडौं – बैतडीको निङ्गलाशैनी भगवती र उदयदेव मन्दिरमा जात्राको रौनक

अन्नपूर्ण क्षेत्रमा पर्यटक सूचना केन्द्र स्थापना

कास्की – अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ टुसेमा पर्यटन

प्रधानन्यायाधीश राउत क्वालालम्पुरमा

 काठमाडौं– प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत आजदेखि यही असोज २८ गतेसम्म