रास्वपाको पाल्पा भेला स्थगित, भूकम्पबाट प्रभावितको उद्धारमा जुट्न आग्रह « Khabarhub

रास्वपाको पाल्पा भेला स्थगित, भूकम्पबाट प्रभावितको उद्धारमा जुट्न आग्रह


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीले आज पाल्पामा आयोजना गर्ने भनेको पार्टी भेला स्थगित गरेको छ । जाजरकोट केन्द्रबिन्दु भएर गएराति भूकम्प गएर ठूलो जनधनको क्षति भएपछि रास्वपाले पाल्पाको तानसेनमा गर्न लागेको भेला स्थगित गरेको हो ।

पार्टी सभापति रवि लामिछानेले भूकम्पमा परी ठूलो जनधनको क्षति भएको प्रति अत्यन्त मर्माहत भएको जनाएका छन् । उनले भूकम्पमा ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टी कार्यक्रम स्थगित गरेर भूकम्प प्रभावित क्षेत्रमा उद्धारका लागि जाने बताएका छन् ।

उनले, रास्वपा जाजरकोटका सबै सदस्यहरूलाई उद्धार र राहत कार्यमा सक्रियताका साथ संलग्न हुन पनि आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘कार्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर आएको भूकम्पले ठुलो क्षति भएकोमा अत्यन्त मर्माहत छौँ । ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र उपचार र स्वास्थ्य लाभको कामना गर्दछौँ। विपद्को यो घडीमा सरकारलाई सम्पूर्ण साधनश्रोत परिचालन गरेर उद्धार तथा राहतमा केन्द्रित हुन आग्रह गर्दछौँ। साथै रास्वपा जाजरकोटका सबै सदस्यहरूलाई उद्धार र राहत कार्यमा सक्रियताका साथ संलग्न हुन पनि आग्रह गर्दछौँ।’

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ९ : २४ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले