जाजरकोट भूकम्प अपडेट : आठबीसकोटमा उद्धार कार्य सकियो, ४२ जनाको मृत्यु, सय घाइते « Khabarhub

जाजरकोट भूकम्प अपडेट : आठबीसकोटमा उद्धार कार्य सकियो, ४२ जनाको मृत्यु, सय घाइते


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

रुकुम पश्चिम- रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा भूकम्पले पुर्‍याएको पहिलो चरणको उद्धार कार्य सकिएको छ । गएरातिदेखि नै सुरु गरिएको पहिलो चरणको उद्धार कार्य आज सकिएको हो । भूकम्पमा परी नगरपालिकाका ४२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए ।

प्रहरी निरीक्षक खड्काका अनुसार ४२ जनाको शव घरपरिवारले बुझिसकेका छन् । घाइते भएका एक सयजनामध्ये जिल्ला अस्पताल सल्ले, नगर अस्पताल राडी र गम्भीर घाइते भएका तीन जनाको प्रादेशिक अस्पताल सुर्खेतमा उपचार चलिरहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।

नगरपालिकाको प्रभावित क्षेत्र वडा नम्बर ११, १२, १३ र १४ मा  ठूलो मानवीय क्षतिसँगै भौतिक संरचना पनि क्षति पुर्‍याएको छ । मानवीय क्षति भएको ठाउँको खोजी कार्य सकिएको र थप आवश्यक परे नगर प्रहरी जनप्रतिनिधि नेपाल प्रहरी लगाए कर्मचारीको समूह तयारी अवस्था रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत मनिराज शाहले जानकारी दिए ।

सानीभेरीमा गाउँपालिका ५० घाइते हुँदा १० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार बाफीकोट गाउँपालिका–१ र मुिसकोट नगरपालिकामा दुई घाइते भएका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ७ : १६ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई