गोदावरी मेलाको टिकटबाट सङ्कलित ५० प्रतिशत रकम भूकम्पपीडितलाई « Khabarhub

गोदावरी मेलाको टिकटबाट सङ्कलित ५० प्रतिशत रकम भूकम्पपीडितलाई


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ललितपुरको जावलाखेलमा जारी गोदावारी मेलामा आइतबार बिक्री हुने टिकटबाट सङ्कलन भएको ५० प्रतिशत रकम जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितलाई उपलब्ध गराइने भएको छ ।

“जावलाखेल खेलमैदान ललितपुरमा जारी १६औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको मेला अवधि एक दिन थप गर्दै कात्तिक १९ गते आइतबार बेलुका ५ः०० सम्म मेला जारी रहने जानकारी गराउँछौँ”, फ्लोरिकल्चर एसोसिएसन नेपालले आज विज्ञप्ति जारी गर्दै भनेको छ, “आइतबारको मेलाको टिकटबाट हुने आम्दानीको ५० प्रतिशत रकम जाजरकोट तथा पश्चिम रुकुम क्षेत्रमा गएको भूकम्पपीडितको उद्धार तथा सहयोगका लागि नेपाल सरकारको कोषमा जम्मा गरिने जानकारी गराउँछौँ ।”

‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ चलिरहेको मेलाको चौथो दिन शुक्रबारसम्म ३१ हजारले मेला अवलोकन गरेका छन् भने रु ७७ लाखभन्दा बढीको कारोबार भएको एसोसिएसनले जनाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  १२ : ०२ बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्