भूकम्पबाट घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय « Khabarhub

भूकम्पबाट घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  सरकारले जाजरकोट भूकम्पमा परी घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । 

आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरेकाे स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

उनले तत्काल उद्धार गर्नुपर्ने व्यक्तिहरू लगभग सबैको उद्धार गरिएको र उपचारका लागि काठमाडौँलगायतका सबै स्थानका अस्पताललाई तयारी अवस्थामा राखिएको जानकारी दिए ।

मन्त्री बस्नेतले केही राहत सामाग्री र औषधी प्रभावित क्षेत्रमा पुगिसकेको र केही बाटोमा जाँदै गरेकाले ३ दिन भित्र पुग्ने जानकारी दिए । 

मन्त्री बस्नेतले गोरखा भूकम्पपछि गरिएको राहत र पुनःस्थापनाका कामको सिकाइ र कमजोरीलाई ग्रहण गरी प्रभावकारीरूपमा राहत र पुनःस्थापनाका काम सञ्चालन गर्न तथा छिमेकी एवं मित्रराष्ट्रबाट प्राप्त हुने सहयोग कुनकुन क्षेत्रमा कसरी लिने भन्नेबारेमा थप छलफल गरी निर्णय गरिने जानकारी दिए ।

उनले भूकम्प प्रभावित क्षेत्रमा राहत प्याकेज र आर्थिक सहयोगबारे छलफल चलेपनि निर्णय हुन बाँकी रहेको बताए। यस अगाडि गएको भूकम्पमा प्रति घरपरिवार ३ लाख राहत घोषणा गरेकाले त्यसमा केहि थप हुने सम्भावना रहेको उनको भनाइ छ । 

शुक्रबार मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पमा परी १५७ जनाको मृत्यु भएको पुष्टि भएको छ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  १० : १७ बजे

एमालेले महाधिवेशनबाट गल्ती सच्याएर जनतामाझ जानुपर्छ : सुहाङ नेम्बाङ

काठमाडौं- नेकपा एमालेको ११ महाधिवेशन सुरु हुन अब दुई दिन

भारतमा १२ वर्षीय नेपाली बालक मृत भेटिए, मिर्गौला झिकेर हत्या गरेको आशंका

काठमाडौं– अछामको ढकारी गाउँपालिका–२ फाँटाबगर घर भई हाल भारतको पुना

प्रधानमन्त्रीसमक्ष जेन-जी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौं– जेन-जी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण

२५ केन्द्रीय सदस्य पदका लागि यी यस्ता छन् युवा आंकाक्षी 

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि