आन्तरिक पर्यटनमा आशा जगाउँदै पूूर्वी नेपालमा पोखराको प्रवद्र्धन सम्पन्न « Khabarhub

आन्तरिक पर्यटनमा आशा जगाउँदै पूूर्वी नेपालमा पोखराको प्रवद्र्धन सम्पन्न


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

गण्डकी– होटेल सङ्घ पोखराको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा पूर्वी नेपालका प्रमुख सहरमा गरिएको ‘जाउँ है पोखरा’ अभियान आन्तरिक पर्यटनको वृद्धिमा जोड दिँदै सकिएको छ ।

यही कात्तिक १६ गतेदेखि सुरु गरिएको पाँच दिने अभियानमा पूर्वी नेपालका बर्दिबास, जनकपुर, विराटनगर, इटहरी, बिर्तामोड, धनकुटा, चितवनलगायतका प्रमुख सहर समेटिएको थियो ।

सूर्योदयको स्थल भनेर चिनिने पूर्वी नेपालको इलामबाट २० वर्षअघि सुरु गरिएको अभियानलाई त्यस यता निरन्तरता दिँदै आइएको होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। देशमा १० वर्षे द्वन्द्व चल्दै गर्दा सुरु गरिएको अभियानको प्रभाव सकारात्मक बन्दै गएको र यसले देशैभरि नेपालीमा घुम्ने बानीको विकासमा टेवा पुर्‍याएको उनले बताए।

अभियान सुरु गर्दा घुम्न निस्कने नेपाली एक प्रतिशत रहेकोमा अहिले उक्त दर ३५ प्रतिशत पुगेको उनको भनाइ छ । पूर्वी नेपालमा सञ्चालित कार्यक्रमले पोखरा र पूर्वी नेपालबीच पर्यटकीय साझेदारी बढ्ने विश्वास लिइएको उनले बताए।

आन्तरिक पर्यटनको विकासको लागि व्यावसायिक सहकार्य र पर्यटन प्रवर्द्धनको उद्देश्यका साथ गरिएको कार्यक्रमले आन्तरिक पर्यटनको आगमनमा वृद्धि हुुने विश्वास लिइएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।

आन्तरिक पर्यटनको चहलपहल बढाउन राज्यका तर्फबाट पर्यटनमैत्री नीतिसँगै सडकलगायतका पूर्वाधार, प्रभावकारी सडक तथा हवाई सञ्जालको विकासमा ध्यान दिनुपर्ने उनले बताए

कार्यक्रमका क्रममा विभिन्न स्थानमा गरिएका छलफल एवं अन्तरक्रियामा आन्तरिक पर्यटनको विकासका लागि सडक तथा हवाई सञ्जाल प्रभावकारी बन्नुपर्ने, राज्यको पर्यटनमैत्री नीति तथा व्यवहार हुनुपर्ने, भारतीय नोट नचल्दा भारतीय पर्यटक आगमनमा परिरहेको असरको अन्त्य गर्नुपर्नेलगायतका विषयमा व्यवसायीले भनाइ राखेका थिए ।

सङ्घका अध्यक्ष सुवेदी नेतृत्वको टोलीमा होटेल सङ्घ पोखराका सल्लाहकारद्वय विप्लव पौडेल, भरतराज पराजुली, पोखरा पर्यटन परिषद्का अध्यक्ष श्रेष्ठ पोखरा महानगरपालिका–२३ का वडाध्यक्ष रामकाजी गुरुङलगायत पर्यटन व्यवसायी, जनप्रतिनिधि र सञ्चारकर्मीसहित २० जनाभन्दा बढी सहभागी थिए । 

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ११ : १६ बजे

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर