प्रथम वीरगञ्ज गोल्डकप : नेपाल पुलिस क्लब सेमिफाइनलमा « Khabarhub

प्रथम वीरगञ्ज गोल्डकप : नेपाल पुलिस क्लब सेमिफाइनलमा


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – नेपाल पुलिस क्लब ‘प्रथम वीरगञ्ज गोल्डकप २०८०’ को सेमिफाइनलमा प्रवेश गरेको छ । वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा सोमबार सम्पन्न खेलमा भारतको क्लाइभ हाउस डमडम कोलकातालाई ७-१ गोलअन्तरले पराजित गर्दै पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । 

पुलिस क्लबले सेमिफाइनलमा आयोजक भेट्रान सिटी क्लब वीरगञ्जसँग प्रतिष्पर्धा गर्ने छ । सोमबार भएको खेलमा पहिलो हाफमै पुलिसका प्रताप गुरुङ्ग एक्लैले पाँच गोल गरे भने दोश्रो हाफमा पुलिसका प्रविण थापा र विवेक सन्तोषीले एक-एक गोल गरेका थिए । खेलको अन्तिम समयमा कलकत्ताका अमन मुन्सीले सान्त्वना गोल फर्काएको आयोजक भेट्रान सिटी क्लब वीरगञ्जका महासचिव पंकज श्रेष्ठले जानकारी दिए। 

प्रतियोगिता अन्तर्गत भोलिको खेल झापा एफसी र त्रिभुवन आर्मी फुटबल क्लब बीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । कार्तिक २५ गतेसम्म चल्ने प्रतियोगितामा नेपालका त्रिभुवन आर्मी क्लब काठमाडौँ,  नेपाल पुलिस क्लब काठमाडौँ, सङ्कटा क्लब काठमाडौँ, चर्च ब्वाइज युनाइटेड नवलपरासी, झापा एफसी झापा, आयोजक वीरगञ्ज भेट्रान सिटी क्लब तथा भारत कलकत्ताको क्लाईभ हाउस डमडम र दिल्लीको एफसीआई नर्थजोन फुटबल टिम नोएडा गरी आठ टिमको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष सुबिन बस्नेतले जानकारी दिए । 

वीरगञ्ज महानगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगिताको उपाधि जित्ने विजेता टिमलाई नगद ११ लाख ११ हजार १११ र उपविजेता टिमलाई नगद पाँच लाख ५५ हजार ५५५ पुरस्कारसहित ट्रफी, प्रमाणपत्र लगायत प्रदान गरिने अध्यक्ष बस्नेतले बताए । त्यस्तै प्रत्येक खेलको प्लेयर अफ दी म्याच घोषित हुने खेलाडीलाई नगद १० हजार, विधागत तर्फ उत्कृष्ट हुने खेलाडी जनही २० हजार र प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार पुरस्कार प्रदान गरिने उनको भनाई छ ।

प्रतियोगितामा दर्शकका लागि प्रवेश एक सय रुपैयाँ प्रवेश शुल्क पनि राखिएको क्लबका वरिष्ठ उपाध्यक्ष सागर राणाले जानकारी दिए। सेमिफाइनलदेखिको खेलमा भने प्रवेश शुल्क दुई सय रुपैयाँ गरिने उनले बताए। करिब १० हजार दर्शक अटाउने क्षमताको आदर्शनगर रङ्गशालामा सो प्रतियोगिताका लागि तिन हजार दर्शक बस्न सक्ने क्षमताको अस्थायी प्याराफिट पनि निर्माण गरिएको छ । 

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ७ : ०२ बजे

दसैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर

डडेल्धुरा– नेपालीहरूको महान् चाड बडादसैँ नजिकिँदै गर्दा यहाँका किसान भने

टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण

जुम्ला– नेपाल टेलिकम शाखा कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२-८३

मन्त्री फेरिएको एक महिना पुग्यो, बजारमा उस्तै छ ग्यासको लाइन 

काठमाडौं– ग्यास आपूर्तिकै विषयले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री  फेरिएको एक

खगेन्द्रलाई इङ्गित गर्दै हर्क भन्छन्- मेरा सांसदले त्यस्तो भनेको भए जुत्ताको माला लगाएर सहर डुलाउथेँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद

आयुषचन्द्र रेग्मीले ल्याए र्‍याप गीत ‘तान्त्रिक’

काठमाडौँ – मनोवैज्ञानिक परामर्शदाता आयुषचन्द्र रेग्मीको र्‍याप गीत ‘तान्त्रिक’ सार्वजनिक