विश्वकप छनोट : नेपाल र यमनबीचको खेल मंसिर ५ मा हुने « Khabarhub

विश्वकप छनोट : नेपाल र यमनबीचको खेल मंसिर ५ मा हुने


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वकप छनोटको समूह दोस्रो चरणको दोस्रो खेलमा नेपालले यमनसँग मंसिर ५ गते दशरथ रंगशालामा प्रतिस्पर्धा गर्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल र यमनबीचको खेल मंसिर ५ गते बेलुकी ७ बजे दशरथ रंगशालामा हुने जानकारी दिएको हो । त्यसअघि दोस्रो चरणको पहिले खेल नेपालले कार्तिक ३० गते यूएईसँग उसकै घरेलु मैदानमा खेल्ने छ ।

यमनविरुद्ध दशरथ रंगशालामा हुने खेलको टिकट मुल्य साधारण प्यारापिटतर्फको टिकट मुल्य ४ सय र भिआईपी प्यारापिटतर्फको टिकट मुल्य १ हजार रुपैयाँ निर्धारण गरेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

टिकट एन्फा आफैले व्यवस्थापन गरि बिक्रिबितरण गरिने उनले बताए । खेलका लागि यमनको राष्ट्रिय टोलीलाई च्यासल रंगशालामा प्रशिक्षको व्यवस्था मिलाइएको छ भने प्रतियोगीताको अनुमानीत बजेट रु ७३ लाख ६८ हजार ४ सय रहेको प्रवक्ता शाहले जानकारी दिए ।

खेलको तयारीका लागि मुख्य प्रशिषक भिन्सेन्जो अल्र्वटो एनेसको मुख्य प्रशिक्षणमा २६ सदस्यीय टोली हाल बन्द प्रशिक्षणमा रहेको छ । नेपालले पहिलो चरणमा लाओसलाई दुई लेगको म्याचमा हराउँदै दोस्रो चरण प्रवेश गरेको थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ५ : ३८ बजे

कीर्तिपुरको होल्डिङ सेन्टरबाट एक जना पक्राउ

काठमाडौं- सुकुम्वासीलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट एक जना पक्राउ परेका

झलनाथको टिप्पणी- पार्टी विभाजन गरेर नयाँ खोल्न लागेको भन्दै कुप्रचार गरियो

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टी

विश्वकपमा तन्त्रमन्त्रको घमासान : पेरुका झाँक्रीले फुकाए घानाका झाँक्रीको ‘श्राप’

काठमाडौं- अमेरिका, क्यानडा र मेक्सिकोमा जारी सन् २०२६ को फिफा

नेतृत्वको कमजोरीले कम्युनिष्ट आन्दोलन कमजोर बन्यो : जनार्दन शर्मा

काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले नेतृत्व तहमा

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौं– आज असार १५, राष्ट्रिय धान दिवस । देशभर किसान