अमेरिकासँग सम्बन्ध सुधार गर्न तयार छौँ : चिनियाँ उपराष्ट्रपति हान « Khabarhub

अमेरिकासँग सम्बन्ध सुधार गर्न तयार छौँ : चिनियाँ उपराष्ट्रपति हान


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सिङ्गापुर- चीनका उपराष्ट्रपति हान झेङले बुधबार अमेरिकासँग ‘सबै तहमा’ कुराकानी गर्न चीन तयार रहेको बताएका छन् । आगामी साता सन फ्रान्सिस्कोमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र उनका अमेरिकी समकक्षी जो बाइडेनबीच अपेक्षित शिखर सम्मेलनअघि उनको यस्तो धारणा आएको हो ।

सिङ्गापुरमा आयोजित ब्लुमबर्ग न्यू इकोनमी फोरममा उपराष्ट्रपति झेङले बेइजिङ र वासिङ्टनबीच हालैको उच्चस्तरीय बैठकहरूले सम्बन्धमा सुधार भइरहेको ‘सकारात्मक सङ्केत’ दिएको बताए ।

“हामी सबै तहमा अमेरिकासँग सञ्चार र संवादलाई सदृढ बनाउन, पारस्परिक रूपमा लाभदायक सहयोगलाई अघि बढाउन, मतभिन्नताहरूलाई उचित रूपमा व्यवस्थापन गर्न र संयुक्त रूपमा वैश्विक चुनौतीहरूको समाधान गर्न तयार छौँ”, उनले भने ।

निर्यात नियन्त्रण, मानव अधिकार र राष्ट्रिय सुरक्षालगायत थुप्रै मुद्दामा वासिङ्टन र बेइजिङबीचको सम्बन्ध हालैका वर्षमा सबैभन्दा निम्तस्तरमा पुगेको छ । तर दुवै पक्ष सम्बन्ध सुधार गर्न इच्छुक रहेको देखिन्छ ।

वासिङ्टनले सञ्चारलाई सुदृढ बनाउन यसै वर्ष थुप्रै शीर्ष अधिकारीहरूलाई बेइजिङ पठाएको छ । अमेरिकी राष्ट्रपति बाइडेनले ‘रचनात्मक’ वार्ताका लागि आगामी साता सन फ्रान्सिस्कोमा शिखर सम्मेलनका अवसरमा चिनियाँ नेता सीसँग भेट हुने आफूले अपेक्षा गरेको बताएका छन् ।

यद्यपि अमेरिका–चीन सम्बन्धको प्रश्नले ‘मानवताको भविष्यमा निर्भर गर्छ’ भन्ने राष्ट्रपति सीको विचारलाई उपराष्ट्रपति झेङले बुधबार दोहोर्यासँगै बेइजिङले शिखर बैठकको पुष्टि गर्न बाँकी छ । उनले भने, “दुई मुलुकले आफूलाई विकसित गर्न र समृद्ध गर्नका लागि विश्व ठूलो छ ।”

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  १ : २५ बजे

सेवाग्राहीसँग घुस मागेको आरोपमा वन कार्यालय प्रमुखविरुद्ध मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस माग गरेको आरोपमा

सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका

बागमती– मकवानपुरमा गत आर्थिक वर्ष २०८२-८३ मा सबैभन्दा बढी सम्बन्ध

भाजपालाई धक्का : बिहारको बाँकीपुरमा प्रशान्त किशोरको जित निश्चितप्रायः

काठमाडौं- भारतमा गत जुलाई ३० मा सम्पन्न उपनिर्वाचनको मतगणना जारी

मुग्लिङ-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडौं– सडकमाथिबाट पहिरो खसेर आज दिउँसोदेखि आवागमन बन्द भएको मुग्लिङ-नारायणगढ

परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच  भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका मङ्गोलियाका पूर्वप्रधानमन्त्री गोम्बोजभ