बारा र अर्घाखाँचीबाट लागूऔषधसहित पाँचजना पक्राउ « Khabarhub

बारा र अर्घाखाँचीबाट लागूऔषधसहित पाँचजना पक्राउ


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बारा र अर्घाखाँचीबाट अवैध लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् । बाराको कलैया उपमहानगरपालिका-१० मटिअर्वास्थित नहर चोकबाट अवैध लागूऔषध गाँजा करिब १५ किलोग्रामसहित ३ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका-१२ बस्ने २८ वर्षीय ताहीर अंसारी, भारत बिहार पूर्वी चम्पारण मोतिहारी आधापुर-४ बस्ने २१ वर्षीय इस्राफी हवारी र ३५ वर्षीय जफीर मिया रहेका छन् ।

प्रहरी चौकी मटिअर्वाबाट खटिएको प्रहरीले कलैयाबाट मटिअर्वातर्फ आउँदै गरेको प्र-२-०३-००१ ह ९१० नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी अटो चालक ताहीर र अटोमा सवार इस्राफीजफीरलाई पक्राउ गरेको हो ।

अर्घाखाँचीको सितगंगा नगरपालिका-३ ठाडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सन्धिखर्क नगरपालिका-१ बस्ने ४१ वर्षीय बब्लु सिंह गुप्ता र जुम्ला हिमा गाउँपालिका-१ घर भई सन्धिखर्क नगरपालिका-१ बस्ने ३१ वर्षीय हिकमत शाही रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले लु.५७ प २८१८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

 

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  ५ : ११ बजे

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको