बारा र अर्घाखाँचीबाट लागूऔषधसहित पाँचजना पक्राउ « Khabarhub

बारा र अर्घाखाँचीबाट लागूऔषधसहित पाँचजना पक्राउ


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बारा र अर्घाखाँचीबाट अवैध लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् । बाराको कलैया उपमहानगरपालिका-१० मटिअर्वास्थित नहर चोकबाट अवैध लागूऔषध गाँजा करिब १५ किलोग्रामसहित ३ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका-१२ बस्ने २८ वर्षीय ताहीर अंसारी, भारत बिहार पूर्वी चम्पारण मोतिहारी आधापुर-४ बस्ने २१ वर्षीय इस्राफी हवारी र ३५ वर्षीय जफीर मिया रहेका छन् ।

प्रहरी चौकी मटिअर्वाबाट खटिएको प्रहरीले कलैयाबाट मटिअर्वातर्फ आउँदै गरेको प्र-२-०३-००१ ह ९१० नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी अटो चालक ताहीर र अटोमा सवार इस्राफीजफीरलाई पक्राउ गरेको हो ।

अर्घाखाँचीको सितगंगा नगरपालिका-३ ठाडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सन्धिखर्क नगरपालिका-१ बस्ने ४१ वर्षीय बब्लु सिंह गुप्ता र जुम्ला हिमा गाउँपालिका-१ घर भई सन्धिखर्क नगरपालिका-१ बस्ने ३१ वर्षीय हिकमत शाही रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले लु.५७ प २८१८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

 

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  ५ : ११ बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग