श्रीलंकाविरुद्ध न्यूजील्याण्ड विजयी, सेमिफाइनलको सम्भावना बलियो « Khabarhub

श्रीलंकाविरुद्ध न्यूजील्याण्ड विजयी, सेमिफाइनलको सम्भावना बलियो


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – न्यूजील्याण्डले श्रीलंकालाई पराजित गर्दै विश्वकपमा आफ्नो सेमिफाइनलको सम्भावना बलियो बनाएको छ। आइसीसी क्रिकेट विश्वकप अन्तर्गतको बिहीबार सम्पन्न खेलमा न्यूजील्याण्डले श्रीलंकालाई ५ विकेटले पराजित गरेको हो।

श्रीलंकाले दिएको १७२ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले २३.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो। यसअघि पहिला ब्याटिंग गर्दै श्रीलंकाले ४६.४ ओभरमा १७१ रन बनाएर अल आउट भएको थियो ‍।

यो न्यूजील्याण्डको यस विश्वकपमा पाँचौं जित हो। यो जितपछि न्यूजील्याण्ड ९ खेलमा १० अंकसहित चौथो स्थानमा कायम रहेको छ। अब न्यूजील्याण्डको सेमिफाइनलमा पुग्ने नपुग्ने निर्णय पाकिस्तान र अफगानिस्तानको अन्तिम खेलपछि हुनेछ।

अफगानिस्तानले आफ्नो अन्तिम खेल शुक्रबार दक्षिण अफ्रिकाविरुद्ध खेल्दै छ भने पाकिस्तानले आफ्नो अन्तिम खेल शनिबार इङल्याण्डविरुद्ध खेल्दै छ।

त्यस्तै यो हारपछि श्रीलंका २०२५ मा हुने च्याम्पियन्स ट्रफीमा छनौट हुन असफल भएको छ। यस विश्वकपमा ९ खेलमा २ खेल जितेको र ७ खेलमा हार बेहोरेको श्रीलंकाको विश्वकप यात्रा समाप्त भएको छ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  ८ : ४४ बजे

तापक्रम ३० डिग्री नाघ्दा वन्यजन्तुमा गम्भीर स्वास्थ्य संकट

सिड्नी – अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा

गौरीघाटबाट पक्राउ परे नक्कली प्रहरी

काठमाडौं – प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने

आयोगको प्रतिवेदनपछि रक्षा बमले भनिन् : आन्दोलनलाई अपराधीकरण गर्ने काम बन्द गरियाेस्

काठमाडौं – जेन–जी अभियन्ता रक्षा बमले राष्ट्रिय मानव अधिकार आयोगको

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

कास्की – पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

एलिमिनेटरमा राजस्थानले हैदराबादलाई दियो २४४ रनको लक्ष्य

मुल्लांपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा राजस्थान