रेड सीमा इथियोपियाको बढ्दो चासो | Khabarhub Khabarhub

रेड सीमा इथियोपियाको बढ्दो चासो


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

इथियोपिया अहिले फेरि युद्धको हल्ला चलेको छ। प्रधानमन्त्री एबी अहमदको गएको पाँच वर्षको नेतृत्वमा यो चौथो पटक हो। सन् २०१९ मा इरिट्रियासँगको तनाव हटाए बापत नोबेल शान्ति पुरस्कार एबीको अहिले समुद्रमा चासो बढेको छ। इथियोपियाको अहिलेको सबै भन्दा महत्त्वपूर्ण लक्ष्य भनेको आसाबको रेड सी बन्दरगाह हो। ३० वर्ष अघि इरिट्रिया स्वतन्त्र हुनुअघि सो स्थान इथियोपियाको थियो।

सन् १९९८ मा इरिट्रिया र इथियोपियाको बिचमा युद्ध सुरु भए यता सीमा बन्द भएका थिए। सोही कारण जीबाउटीसँगको व्यापारमासमेत प्रभाव परेको थियो। जीबाउटीको सुविधा र अर्थतन्त्र प्रयोगयोग्य छ। तथापि सो इथियोपियाको भूमि होइन।

अहिले धेरै इथियोपिया र त्यहाँका छिमेकी देशका नागरिकलाई एबेले शक्ति प्रयोग गर्ने धम्की दिएको आभास भएको छ। तथापि एबले यसलाई अस्वीकार गरेका छन्। उनले इरिट्रिया लगायत छिमेकी देशलाई अहिले र भविष्यमा कुनै पनि दिन आक्रमण गर्ने योजना नभएको बताएका छन्। उनले उत्तर पूर्वी अफ्रिकी राज्यहरूको ब्लक इन्टर गर्भमेन्ट अथोरियटी अन डेभ्लपमेन्टमा यसका बारे कुरा उठाउने बताइ सकेका छन्।

सन् १९९८ मा इरिट्रिया र इथियोपियाको बिचमा युद्ध सुरु भए यता सीमा बन्द भएका थिए। सोही कारण जीबाउटीसँगको व्यापारमासमेत प्रभाव परेको थियो। जीबाउटीको सुविधा र अर्थतन्त्र प्रयोगयोग्य छ। तथापि सो इथियोपियाको भूमि होइन।

इथियोपियाले पछिल्लो समयमा दिने अभिव्यक्ति र उसका सैन्य शक्तिको गतिविधिको भने अनौठो संयोग नै मिलेको छ। जुलाई महिनामा एबेले समुद्रमा इथियोपियाको अधिकारको बारे प्रश्न उठाएका थिए। उनले इथियोपिया संसारको सबै भन्दा बढी जनसङ्ख्या भएको भू–परिवेष्टित देश भएको प्रसङ्ग पनि उठाएका थिए।

इथियोपियाको जनसङ्ख्या १२५ मिलियन छ। उनले विगतमा पनि इथियोपियाको समुद्र मुख्य चासो भएको बताएका छन्। यो चासो सन् १९३० देखि १९७४ सम्म राजा हाइल सिलासेको शासनकालमा अझ धेरै थियो। १९ औं शताब्दीका राजा रास अलावाले रेड सी इथियोपियाको सिमाना भएको बारम्बार बताएको तथा त्यस कुरामा दम रहेको आवाज उनले उठाउन थालेका छन्। उनले बन्दरगाहको विषयमा शान्तिपूर्वक वार्तामा जाने कुरा व्यवसायीसँगको बैठकमा बताइसकेका छन्।

एक दशकका लागि इथियोपियाको विदेश नीति अनुमान गर्न सकिन्छ। यसले अफ्रिकाको केही क्षेत्रलाई आफ्नै नियन्त्रणमा राख्न चाहन्छ।

धेरैले यसलाई घरेलु भूमिमा राजनीतिक सफलता र जनमतका लागि गरिएको कुरा मात्र पनि हुनसक्ने भन्ने बुझ्न थालेका छन्। त्यहाँको आदिवासी राजनीतिक शक्ति आमहराको प्रभाव कम गर्न पनि उनले सो कुरा उठाएको हुनसक्छ। अमहाराले बारम्बार बृहद इथियोपियाको प्रसङ्ग उठाएका छन्।

उनले टिग्रे पिपुल लिबरेसन फन्ट (टीपीएलएफ)सँग शान्ति वार्ता गरेपछि यो समूहलाई अलग गरेका छन्। अप्रिल महिनामा अमहरालाई निःशस्त्र बनाएपछि उनले त्यस समूहलाई विरोधी झैँ व्यवहार गरेका थिए। अमहरासँग टिग्रे क्षेत्रमा पनि राज्यको सैन्य शक्तिको झडपको अवस्था रहेको थियो।

धेरै इथियोपिया बासिन्दाले यो पनि सोचेका छन् कि अन्तर्राष्ट्रिय कानुन अनुसार समुद्रमा उनीहरूको देशको उपस्थिति र अधिकार सहज विषय होइन। यस कारण एबले बन्दरगाहमा अधिकार प्राप्त गर्न वार्ताबाट सम्भव नहुने भए पनि हतियारकै साथ लिने हो कि भन्ने चिन्ता धेरैलाई अहिले भएको छ। एक दशकका लागि इथियोपियाको विदेश नीति अनुमान गर्न सकिन्छ। यसले अफ्रिकाको केही क्षेत्रलाई आफ्नै नियन्त्रणमा राख्न चाहन्छ।

इथियोपियाले शान्ति पूर्वक आफ्नो नेतृत्वमा राख्नका लागि संयुक्त राष्ट्र सङ्घ र अफ्रिकन युनियनको पनि सहयोग लिएको थियो। सुडान र सोमालीयाको समस्यामा पनि इथियोपियाले राष्ट्र सङ्घ र अफ्रिकन युनियनसँग सहकार्य गरेको थियो।

अफ्रिकाको शान्ति प्रक्रियामा राष्ट्र सङ्घ र अफ्रिकन युनियनको प्रयासमा इथियोपिया सबै भन्दा ठुलो साझेदार भएको छ। ट्रान्स पोर्ट कोरिडोर र पावर लायन् जस्ता महत्त्वाकाङ्क्षी कार्यक्रमका कारण पनि उनको नियत अनुमान गर्न भने सकिन्छ। विद्युत् उत्पादन गर्न ग्रान्ड इथोपियन रेनाइसियन्स डामको योजना तयार छ। यो पुरा भएमा छिमेकी देशमा पनि विद्युत् आपूर्ति उपलब्ध गराउन सम्भव हुनेछ।

अमेरिकासँग मिलेर सुडानसँग शान्तिको प्रयास गरी रहेको साउदी अरेबियाले सुडान बाधक भएको आरोप लगाउँदै आएको छ। एबेलाई साउदी अरेबियाले इरिट्रियाका राष्ट्रपति इसावेस एवाफेकेसँग वार्ता गरेर उकास्ने हो कि भन्ने चिन्ता पनि छ।

अफ्रिकाको कुनै भू–भागमा एक्लो आर्थिक शक्ति हुनका लागि यो योजना अघि ल्याइएको हो। अहिले एबेलाई अनुमान गर्न नसकिने नेताको रूपमा चित्रण गर्न थालिएको छ। यसले देश बाहिर र देश भित्र पनि हो। उनले आफूलाई नियाली रहेकाहरूले गर्ने गरेको अनुमानका विपरीत विज्ञप्ति जारी गर्ने गरेका छन्। मध्यपूर्वीहरुको भूमिका अहिले द्विविधापूर्ण देखिएको छ। यी नै मध्येको संयुक्त अरब इमिरेट्स एथोयोपियाको राजनीतिक गुरु सरह हो।

पछिल्ला दिनमा इमिरिटी एयरक्राफ्टले इथोयापियन एयर बुसमा सामान अनलोड गरेको दृश्यलाई हेरिरहेको छ। अबुधाबीले सुडान पारा मिलिटरी रेपिड सपोर्ट फोर्सलाई पनि सहयोग गरीरहेका छन्। त्यसको नेतृत्व जनरल मोहम्मद हमादान डगालोले गर्ने गरेका छन्। राजधानी खार्तुम लगायत धेरै स्थान कब्जा गर्ने त्यस सैन्य सङ्गठनको नेता डगालोलाई हेमेटी भनेर पनि चिन्ने गरिन्छ।

युएईका लागि एबेको योजनालाई साथ दिनु साँच्चै अवसर र जोखिम दुवै हो। इथियोपिया साँच्चै रेड सिको एउटा शक्ति पनि हुनसक्छ। त्यसपछि सुडानमा प्रभाव जमाउने उनीहरूको योजनामा इथियोपिया नै बाधक पनि हुनसक्ने छ।

अमेरिकासँग मिलेर सुडानसँग शान्तिको प्रयास गरी रहेको साउदी अरेबियाले सुडान बाधक भएको आरोप लगाउँदै आएको छ। एबेलाई साउदी अरेबियाले इरिट्रियाका राष्ट्रपति इसावेस एवाफेकेसँग वार्ता गरेर उकास्ने हो कि भन्ने चिन्ता पनि छ।

उनलाई अहिले नयाँ युद्धको चिन्ता छ। उनको मुख्य चुनौती भनेको कसले युद्ध गर्छ भन्ने हो। इथियोपियाको सेना पछिल्लो सेना तीन वटा युद्धले ग्रसित छ। पहिलो ओरोमो लिबरेसन आर्मीसँग हो। सो युद्ध अझै सकिएको छैन। इरिट्रियासँगको सहकार्यमा टिपीएलएफले लामो समय गरेको युद्ध दोस्रो हो। इथोयापियाको विचारमा त्यस युद्धमा दुई लाख ६० हजारदेखि पाँच लाख २० जनाको ज्यान गएको छ। ३ लाख ७४ हजार जना घाइते भएका छन्।

युएईका प्रधानमन्त्री मोहम्मद बिन जावेद बिन जावेद अल हयानले युद्ध लगायत अनावश्यक खर्चमा सहयोग गर्न नसक्ने जनाइ सकेका छन्। विभिन्न समस्याका बाबजुद पनि एबेको मस्तिष्कमा युद्ध नै नरहेको भने होइन।

अप्रिल महिनादेखि अमहरा मिलिसियासँग अर्को युद्ध सुरु भएको छ। फानो भनिने अमहरा मिलिसिया र इरिट्रिया सेनाको सहकार्य रहेको पछिल्लो सूचना प्राप्त भएका छन्। अदिस अवावाको लागि युद्धमा हात हाल्दा टिग्रेलाई ध्यान दिनैपर्ने हुन्छ। टिग्रे क्षेत्रको साथ पाए सहज त हुने हो। तथापि लामो समयको युद्धले त्यस क्षेत्र आर्थिक रूपले अझै सामान्य हुन सकेको छैन।

त्यहाँ केही युद्धको पक्षमा अझै छन्। धेरै जना इरिट्रिया सेनाको चासोका कारण आजित पनि छन्। दोस्रो चुनौती भनेको सेनाको रकम नै हो। इथियोपियाले पनि अन्तर्राष्ट्रिय मुद्रा कोषलगायत पश्चिमा शक्तिसँग ऋण लिएर आफूलाई अघि बढाइ रहेको छ।

एबलेलाई युएईको सहयोगको आशा हो।  युएईका प्रधानमन्त्री मोहम्मद बिन जावेद बिन जावेद अल हयानले युद्ध लगायत अनावश्यक खर्चमा सहयोग गर्न नसक्ने जनाइ सकेका छन्। विभिन्न समस्याका बाबजुद पनि एबेको मस्तिष्कमा युद्ध नै नरहेको भने होइन। स्रोतः बीबीसी

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ८ : ०० बजे

इराकमा भएको हवाई आक्रमणमा पाँच जना आइएस लडाकुको मृत्यु

एजेन्सी – इराकको उत्तरी प्रान्त किर्कुकमा गरिएको  हवाई आक्रमणमा इस्लामिक

काठमाडौँका विभिन्न ठाउँमा तीन जनाको शव भेटियो

काठमाडौं – काठमाडौँका विभिन्न क्षेत्रमा आजमात्रै तीन जना मृत भेटिएका

कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना, ३१ जना घाइते

दोधारा चादनी– पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुरमा यात्रुबाहक

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

एजेन्सी – गाजामा शनिबार भएको इजरायली हमलामा छ बालबालिकासहित १९

समाजवाद स्थापना नभएसम्म क्रान्ति जारी रहन्छ : विप्लव 

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाली विशेषताको