निकुञ्जमा घाँसेमैदान व्यवस्थापनको काम थालियो « Khabarhub

निकुञ्जमा घाँसेमैदान व्यवस्थापनको काम थालियो


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्जभित्र घाँसेमैदान व्यवस्थापनको काम सुरु गरिएको छ । दुर्लभ एक सिङ्गे गैँडा र बाघका आहारा प्रजातिलाई लक्षित गर्दै निकुञ्जका विभिन्न क्षेत्रमा विभिन्न दातृ संस्थाहरूको सहयोगमा घाँसेमैदान व्यवस्थापनको काम थालिएको हो ।

तराई भूपरिधि कार्यक्रमको सहयोगमा निकुञ्जभित्रको ६२ हेक्टर जमिनमा घाँसेमैदान व्यवस्थापनको काम थालिएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सुखीभार र भिम्ले क्षेत्रमा घाँसेमैदान व्यवस्थापनको काम थालिएको छ । रु सात लाखको लागतमा सो काम सुरु गरिएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले निकुञ्जभित्रको तीन सय हेक्टर जमिनमा घाँसेमैदान व्यवस्थापनको काम थालेको छ । कोषको सौराहा कार्यालय प्रमुख रचना शाहका अनुसार तीन सय हेक्टर जमिनमा घाँसेमैदान व्यवस्थापन गरिँदै छ । निकुञ्जभित्रका ३० ठाउँमा काम गरिँदै छ । दसैँ सकिएसँगै काम सुरु गरिएको उनले जानकारी दिए। 

उनका अनुसार घाँसेमैदान व्यवस्थापनका क्रममा त्यहाँ रहेका विभिन्न किसिमका बोटबिरुवाको अध्ययन अनुसन्धानसमेत गरिँदै छ ।  निकुञ्जको आफ्नै स्रोतबाट चालु आर्थिक वर्षमा तीन सय ७० हेक्टर जमिनमा घाँसेमैदान व्यवस्थापन गरिँदै छ । सूचना अधिकारी तिवारीका अनुसार रु ४० लाख ७० हजारमा बोलपत्र स्वीकृत भई काम सुरु गर्ने तयारी गरिएको हो ।

निकुञ्जभित्रको जिप सफारी हुने बाटो आसपासका क्षेत्र, खुल्ला चौरहरु, तालका छेउहरु, सुखिभार क्षेत्र, सौराहा प्रवेश गर्ने कछुवानी क्षेत्रलगायत क्षेत्रमा घाँसेमैदान व्यवस्थापन गरिँदै छ ।

निकुञ्जभित्र १० हजार हेक्टर घाँसेमैदान रहेको छ । तीमध्ये मुस्किलले एक हजार हेक्टरमात्र व्यवस्थापन गर्न सकिएको तिवारी बताउँछन्। उनले भने, ‘कोभिडअघि सम्म घाँसेमैदानमा रु तीन करोडभन्दा बढी खर्च गर्ने गथ्र्यौं । अहिले रु एक करोडसमेत खर्च गर्न पाएका छैनौँ ।’ नियमित घाँसेमैदानको व्यवस्थापन गर्न नसक्दा निकुञ्जभित्रका दुर्लभ एक सिङ्गे गैँडा र बाघका आहारा प्रजाति जरायोसहित मृग प्रजाति प्रभावित भएका छन् । निकुञ्जभित्र उपयुक्त घाँसेमैदान नभएमा गैँडा बस्ती छिरेर दुःख दिने गर्दछ । घाँसेमैदान व्यवस्थापनको बजेट कटौती हुँदा यसको असर मध्यवर्तीका बासिन्दामा हुने गरेको छ ।

निकुञ्जले अग्ला ढड्डी र घाँस काटेर, ट्र्याक्टरले जोतेर र नियन्त्रित आगो लगाएर घाँसेमैदानको व्यवस्थापन गर्दै आएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ३ : ५८ बजे

सर्वोच्चमा कांग्रेस विवाद : आधिकारिकता रिटमाथि न्यायाधीश शर्मा पोखरेलको इजलासमा सुनुवाइ हुँदै

काठमाडौँ – विशेष महाधिवेशनपछि कांग्रेस विवादको विषयमा परेको रिटको सुनुवाइ

रवि लामिछानेमाथिको संगठित अपराध मुद्दा फिर्ताविरुद्धको पेसी सुवेदी र पोखरेलको इजालसमा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी

आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको

युनेस्कोको विश्व सम्पदा सूचीमा रहेका इरानका ऐतिहासिक स्थलमा बमबारी, १५ मजदुरको मृत्यु

तेहरान – इरानको केन्द्रीय सहर इस्फाहानस्थित एक औद्योगिक क्षेत्रमा शनिबार