कतार पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ « Khabarhub

कतार पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वैदेशिक रोजगारीको लागि कतार पठाइदिन्छु भनी  रकम ठगी गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

 मोरङको पथरी शनिश्चरे नगरपालिका–७ घर भई हाल काठमाडौँको मनमैजु बस्ने ३३ वर्षीय भीमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

पीडित अनिता मगरातीलाई वैदेशिक रोजगारीको लागि कतार पठाइदिन्छु भनेर उनले १ लाख ८६ हजार रुपैयाँ ठगी गरेको आरोप छ । कतार पुगेपछि पार्लरमा काम लगाइदिने र मासिक ६० हजार रुपैयाँ तलब हुन्छ भनी विश्वास दिलाइ प्रलोभनमा पारेर उनले पटक-पटक गरी १ लाख ८६ हजार रुपैयाँ रकम लिएको प्रहरीले जनाएको छ ।

रकम लिइसकेपछि तामाङ सम्पर्कविहीन भएकाले पीडितले वैदेशिक रोजगार विभागमा निवेदन दिएकी थिइन् । विभागको अनुरोधमा प्रहरीले तामाङको खोजतलास गर्ने क्रममा  उनलाई बसुन्धराबाट पक्राउ गरिएको हो । 

 गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ५ : २६ बजे

चिसो मौसममा बालबालिकाको स्याहार कसरी गर्ने ?

अहिले हामी माघको मध्यमा छौं । सामान्यतया मङ्सिरदेखि नै चिसो

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको

सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त

काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.

आमाहरूको निर्वाचन प्रहरी बन्ने रहर

वीरगञ्ज– पर्साको विन्दवासिनी गाउँपालिका– १ स्थायी घर भएकी शिशकुमारीदेवी विनिन्

बेदना निर्देशित नाटक ‘ए थिबेउ’ शुक्रबारदेखि शिल्पी थिएटरमा

काठमाडौं – नायिका बेदनाका राईको निर्देशनमा नाटक ‘ए थिबेउ !’