भैरव वाहन गुल्ममा मनाइयो कुकुर तिहार | Khabarhub Khabarhub

भैरव वाहन गुल्ममा मनाइयो कुकुर तिहार


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यमपञ्चकको दोस्रो दिन आज मुलुकभर नरक चतुर्दशी र कुकुर तिहार मनाइएको छ । परम्परागत रुपमा आजका दिन नरक चतुर्दशी मनाउन स्थानीय धारा, पँधेरा, कुवा, खोला वा नदीमा नुहाएर तोरण टाँगी टपरीमा दियो बाली नर्के बगाइन्छ भने भैरवको वाहनका रुपमा कुकुरलाई पूजा गरी मिठो खाना खुवाइन्छ ।

हिन्दू परम्पराअनुसार कुकुरलाई यमलोकका राजा यमराजको दूतका रुपमा पनि लिने गरिन्छ । कुकुरलाई आदेशपालक, कर्तव्यनिष्ठ, अनुशासित र सुरक्षा दिने जनावरका रुपमा लिइन्छ ।

आज घरघरमा कुकुरलाई माला लगाइ पूजा गरी मिठो खाना दिइएको छ । यसैबीच नेपाली सेनाको भक्तपुरको सानोठिमीस्थित भैरव बहान गुल्ममा आज ७२ वटा कुकुरलाई एकसाथ पूजा गरिएको छ । सो अवसरमा तालिमप्राप्त कुकुरबाट विभिन्न ‘सैनिक डग कला प्रदर्शनी’ तथा सांस्कृतिक प्रस्तुति गराइयो ।

नेपाली सेनाका सहायक रथी विष्णु खड्काको उपस्थितिमा भएको उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न निकायका प्रमुख र नागरिक समाजका प्रतिनिधिको सहभागिता थियो ।

गुल्मपति सेनानी गणेश अधिकारीले उक्त गुल्मभित्र सेनाको जिम्मेवारी, अतिविशिष्ट व्यक्तिको सवारी र कार्यक्रमपूर्व त्यहाँ हुनसक्ने सम्भावित दुर्घटनाबारे सूचना सङ्कलनका लागि कुकुरहरुको परिचालन, विभिन्न घटनामाथि त्यहाँ रहेका तालिमप्राप्त कुकुरहरुको प्रयोगबाट हुने अनुसन्धानको विधि र प्रक्रियाबारे जानकारी गराएका थिए ।

उक्त गुल्म २०६० साल वैशाख १ गते स्थापना भएको थियो । सो गुल्मले संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा समेत कुकुर प्रयोग गर्दै आएको छ ।

हराएका हतियार फेला पार्न, बेपत्ता भएका नागरिकको खोजतलास, भूकम्प तथा प्राकृतिक प्रकोपमा हराएका वा पुरिएका व्यक्तिको खोजतलासमा पनि कुकुरको प्रयोगबाट सफलता मिल्दै आएको छ ।

यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा अनुसन्धानका लागि तालिम प्राप्त कुकुरहरुको पनि आज सामूहिक रुपमा पूजा गरी मिठो खाना खुवाइएको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  १ : ५० बजे

विजयले साइन् गरे अर्को फिल्म ‘जिरो डिग्री’

काठमाडौं – नायक विजय बराल शीर्ष भूमिकामा रहेको फिल्म ‘जनै

चीनको समेत विरोध गर्दै एमाले दार्चुलाले भन्यो – लिपुलेक सम्झौता साम्राज्यवादको अर्को कदम 

काठमाडौं– नेकपा एमाले दार्चुलाले भारत र चीनबीच नेपाली भूमि लिपुलेकलाई

नेपाल लाइफले एनआईसी एशिया बैंकको शेयर बेच्ने 

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नाममा रहेको एनआईसी

बङ्गलादेशद्वारा पाकिस्तानलाई सन् १९७१ को नरसंहारबारे माफी माग्न आग्रह

ढाका– बङ्गलादेशले पाकिस्तानलाई सन् १९७१ को नरसंहारका लागि आधिकारिक माफी

वीरगञ्जमा फैलियो हैजा, अहिलेसम्म ७९ जना सङ्क्रमित फेला

वीरगञ्ज– वीरगञ्ज महानगर क्षेत्रमा समुदायस्तरमा नै हैजाको सङ्क्रमण फैलिए पनि