बुधबार बिहानैदेखि बालगोपालेश्वर मन्दिर खुला रहने « Khabarhub

बुधबार बिहानैदेखि बालगोपालेश्वर मन्दिर खुला रहने


२८ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर बुधाबर बिहानैदेखि खुल्ने भएको छ । भाइटीकाका अवसरमा बुधबार बिहानैदेखि मन्दिर खोल्न सबै तयारी पूरा भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

मन्दिर वर्षमा एक दिन भाइटीकाका दिनमात्र खुल्ने भएकाले त्यसका लागि सबै तयारी गरिएको र भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने काठमाडौँ महानगर प्रहरी बलका प्रमुख एवं वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए ।

“सम्पूर्ण तयारी पूरा भएको छ, महानगर प्रहरीले व्यवस्थापनको पाटो मिलाउनेछ”, पाण्डेले भने । भाइटीकाका अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाउने गर्छन् ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण त्यसै वर्षको तिहारदेखि केही वर्ष सो मन्दिर बन्द गरिएको थियो । भूकम्पले क्षतिग्रस्त मन्दिर विसं २०७७ मा पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनलाई खुला गरिँदै आइएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  ४ : ४९ बजे

जेनजी शहीद स्मारक पार्क निर्माण अलपत्र (तस्बिरहरू)

काठमाडौँ– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका

विश्वकपमा स्वीडेनको सानदार सुरुआत, ट्युनिसियामाथि ५ गोलको वर्षा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा स्वीडेनले

जयतु संस्कृतम् दिवस मनाइँदै

काठमाडौँ– नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस आज विभिन्न

ट्राफिक प्रहरीबाट एकै दिन साढे १० लाख राजस्व संकलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार २५ सवारीचालकलाई सवारी

विष्णु माझीले सरप्राइज शैलीमा सार्वजनिक गरेको गीत ‘झोर्ले हजुर’लाई कमजोर भ्युज

काठमाडौं – गोप्य जीवनशैली र उत्कृष्ट गायन क्षमताले सधैँ चर्चामा