ईरानले ‘मिसाइल चेतावनी’ दिएलगत्तै बढ्यो तेलको मूल्य « Khabarhub

ईरानले ‘मिसाइल चेतावनी’ दिएलगत्तै बढ्यो तेलको मूल्य


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – ईरानले इजरायलमाथि मिसाइल प्रहार गर्ने चेतावनी दिएलगत्तै विश्वबजारमा तेलको मूल्य तीन प्रतिशतले बढेको छ ।

अमेरिकी अधिकारीहरूले जतिसुकै बेला ईरानले इजरायलमाथि हमला गर्नसक्ने सूचना प्राप्त भएको दाबी गर्नासाथ विश्वबजारमा कच्चा तेलको मूल्य बढेको हो ।

मध्यपूर्वमा तनावयुक्त स्थिति भए पनि एक वर्षयता विश्वबजारमा ऊर्जा बजार शान्त थियो । इजरायली हमला र यमनका हुथी विद्रोहीले पटक-पटक हमला गर्दा पनि तेलको मूल्य खासै बढेको थिएन ।

तर, पछिल्लो समय इजरायलले गाजापट्टीमा लडाकु समूह हमास, लेबनानमा हिज्बुल्लाह र यमनमा हुथी विद्रोहीविरुद्ध आक्रमण तीव्र पारेपछि ईरान ‘गर या मर’को अवस्थामा पुगेको छ ।

इजरायलले गाजामा सक्रिय लडाकु समूह हमासका शीर्ष नेता इस्माइल हनियालाई ईरानमै हत्या गरिदिएको थियो । हिज्बुल्लाह, हुथी र हमास लडाकु समूह ईराननिकट छन्‌ ।

अमेरिकाले ईरान मिसाइल प्रक्षेपण निम्ति तम्तयार अवस्थामा रहे पनि इजरायली सेनाका प्रवक्ता ड्यानियल हागरीले यतिखेर ईरानबाट कुनै पनि प्रकारको हवाई खतराबारे आफूहरू जानकार नरहेको बताएका छन्‌ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ११ : ०३ बजे

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग

रसुवा बाढीले क्षतिग्रस्त महादेव फाँट-छबिसे सडक निर्माण तीव्र (तस्बिरहरू)

धादिङ– रसुवामा आएको बाढीका कारण त्रिशूली नदीले सडक कटान गरेपछि

तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ बेइजिङ स्याङसङ

ऊर्जामन्त्री श्रेष्ठ भन्छन् : जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउँदैछौँ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल