पोखरा महानगरपालिकाले बिक्री नभएका फूलको प्रतिमाला २० रुपैयाँ दिने « Khabarhub

पोखरा महानगरपालिकाले बिक्री नभएका फूलको प्रतिमाला २० रुपैयाँ दिने


२८ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

गण्डकी – पोखरा महानगरपालिकाको स्थानीय उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत यही कात्तिक २५ देखि २८ गतेसम्म श्री कम्प्लेक्स परिसरमा सञ्चालित फूलमेला तथा प्रदर्शनीमा नबिकेका फूलमालाका लागि प्रोत्साहनस्वरुप रु २० प्रदान गरिने भएको छ ।

प्रदर्शनीमा मागभन्दा बढी आपूर्तिका साथै बाह्रय क्षेत्रबाट पनि फूल आएको र विगतको तुलनामा माग कम हुँदा अपेक्षितरूपमा फूलमाला बिक्री नभएका कारण किसानलाई प्रोत्साहनस्वरुप पोखरा महानगरपालिकाका तर्फबाट प्रतिमाला रु २० का दरले प्रदान गर्ने निर्णय गरिएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले राससलाई जानकारी दिए ।

“किसानलाई प्रदर्शनीमा ल्याइसकेको फूलमाला नबिकेका कारण प्रोत्साहनस्वरुप प्रतिमाला रु २० का दरले रु एक लाख ३० हजार उपलब्ध गराउने निर्णय भएको हो ।”

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  ९ : २७ बजे

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,

इरान-अमेरिका तनाव चुलिँदा इन्धनको मूल्यमा चर्को वृद्धि

वाशिङ्टन डीसी- इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा

कानुन मन्त्री गौतमले झूट बोलेपछि सांसदहरू आक्रोशित, राष्ट्रिय सभामा रोकिएका विधेयक देखाउन चुनौती

काठमाडौं- संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका सांसदहरूले कानुन, न्याय

जलवायु न्यायको आवाज अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सांसदहरूको माग

काठमाडौं – राष्ट्रियसभाका सदस्यहरूले जलवायु परिवर्तनका कारण रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट

सरकार समयमै गम्भीर नभए गरिब जनता महँगीको मारमा पर्ने निश्चित छ : सांसद अधिकारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् लिमा अधिकारीले भोटेकोशी बाढीका