सलमानको ‘टाइगर ३’ ले गरेन अपेक्षित ब्यापार « Khabarhub

सलमानको ‘टाइगर ३’ ले गरेन अपेक्षित ब्यापार


३० कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

मुम्बई– सलमान खानको टाइगर ३ बक्स अफिसमा धुम मच्चिरहेको छ । सलमान खान, कट्रिना कैफइमरान हाश्मी अभिनित स्पाइ थ्रिलर फिल्मले रिलिजको पहिलो तीन दिनमै दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । तर अहिले टाइगरको चमक अलि घटेको देखिन्छ । जस अनुसार यो फिल्मले अपेक्षित ब्यापार नगरेको जनाइएको छ ।  

रिपोर्टमा विश्वास गर्ने हो भने टाइगर ३ को चौथो दिनको कमाई पहिलो तीन दिनको तुलनामा आधाले घटेको छ । सकनिल्कको रिपोर्ट अनुसार सलमान खान र कट्रिना कैफको फिल्मले चौथो दिन २२ करोड कमाएको छ ।

यद्यपि यो प्रारम्भिक रिपोर्ट अनुमान हो र यसमा  केही तथ्यांकहरू थोरै फरक हुन सक्छन् । रिपोर्टका अनुसार टाइगर ३ ले पहिलो तीन दिनमा सबै भाषा मिलेर १४७‍.५० करोड कमाएको थियो । अर्थात् अहिलेसम्म फिल्मको कुल कलेक्सन १६९.८० करोड भइसकेको छ ।

सलमान खान, कट्रिना कैफइमरान हाश्मीको फिल्म टाइगर ३ ले सनी देओलको गदर २ लाई कमाईको मामिलामा कडा टक्कर दिइरहेको छ । सक्कनिल्कको रिपोर्ट अनुसार गदर २ ले पनि पहिलो दिन ४० करोडभन्दा बढी कमाई गरेको थियो भने चार दिनमा १७४.३ करोड कमाएको थियो । योसँगै टाइगर ३ को तथ्यांक पनि गदर २ सँग मिल्ने देखिन्छ । टाइगर फ्रेन्चाइजीको तेस्रो किस्ता मनिष शर्माले निर्देशन गरेका हुन् ।

फिल्ममा सलमान खानसँगै कट्रिना कैफइमरान हाश्मी मुख्य भूमिकामा छन् । यस बाहेक शाहरुख खान र ऋतिक रोशनको क्यामियो रोल देख्न सकिन्छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार  १० : ३० बजे

नेता थापा भन्छन् : एमाले विरुद्ध चलाइएको भ्रमको पर्दा च्यातियो

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य गोविन्द थापाले एमाले विरुद्धको भाष्यको

त्रिपुरेश्वर आत्मदाह घटनाको निष्पक्ष छानबिन माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन

गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा चोरी शिकारबाट गैँडा जोगिएको आज एक

जलवायु संकटबारे तीन वर्षअघि नेपालबाट दिएको चेतावनी सम्झाउँदै गुटेरेसले भने, ‘विश्वको छानो भत्किँदैछ’

न्युयोर्क- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनको सङ्कटले विश्वलाई

मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौंमा

गोरखा– मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौं