युक्रेनले पाकिस्तानसँग माग्यो हातहतियार « Khabarhub

युक्रेनले पाकिस्तानसँग माग्यो हातहतियार


३० कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- युक्रेनले पाकिस्तानसँग थप हतियारको माग गरेको छ । रुससँग युद्ध लडिरहेको युक्रेनले पाकिस्तानी हतियार माग गरेको हो । युक्रेनले पाकिस्तानसँग रक्षा उपकरण एवम् गोलीगठ्ठाको माग गरेको भारतीय समाचार संस्था इकोनोमिक टाइम्सले जनाएको छ ।

युक्रेनी रक्षामन्त्री रुस्तेम उमेरोभले पाकिस्तानी समकक्षीलाई टेलिफोन सम्पर्क गरी हातहतियार मागेका हुन् । उनीहरुबीच गत साता टेलिफोन संवाद भएको जनाइएको छ ।

कामचलाउ पाकिस्तानी सरकारका रक्षामन्त्री अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल अनवर अली हैदरसँगको संवादमा आफूले युक्रेनी क्षमता विकास गर्न पाकिस्तानले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरेको युक्रेनी रक्षामन्त्री उमेरोभले जनाएका छन् । उनले द्विपक्षीय सम्बन्धलाई थप विस्तरा गर्नसमेत आफूहरु तयार रहेको जनाएका छन् ।

उमेरोभले एक्स (साबिकको ट्विटर) मा लेखेका छन्, ‘पाकिस्तानका रक्षा एवम् रक्षा उत्पादनमन्त्री लेफ्टिनेन्ट जनरल (अवकाशप्राप्त) अनवर अली हैदरसँग कुरा भयो । युक्रेनको क्षमतामा पाकिस्तानी योगदानप्रति कृतज्ञ छु । द्विपक्षीय सम्बन्धलाई कायम राख्दै आपसी हितबारे छलफल गर्न पाउँदा खुशी छु ।’

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार  ९ : २९ बजे

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा

करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागुऔषध

सुनसरीमा रुखले च्यापिएर महिलाको मृत्यु

सुनसरी – सुनसरीमा आज रुख ढलेर च्यापिँदा बर्जु गाउँपालिकामा एक

मनास्लु हिमपहिरो पुरिएर नेपाली गाइडसहित दुई जनाको मृत्यु

काठमाडौं – मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइडसहित दुई जनाको

पुवाखोलामा बेलिब्रिज निर्माण

इलाम – इलाम सदमुकामदेखि झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो