प्रेमी प्रेमिकालाई लक्षित गर्दै अब विमानस्थमै किसिङ जोन « Khabarhub

प्रेमी प्रेमिकालाई लक्षित गर्दै अब विमानस्थमै किसिङ जोन


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सामान्यतयाः कुनैपनि सार्वजनिक स्थानमा ‘स्मोकिङ जोन’को व्यवस्था गरिएको हुन्छ । यो कुनै नौलो कुरा होइन । तर, अब किसिङ जोन पनि स्थापना गरिएको छ त्यो पनि विमानस्थलमै ।

तर यो नेपालमा भने होइन । डेनमार्कको एल्बोर्ग विमानस्थलमा प्रेमी–प्रेमिकाका लागि सहज होस् भनेर किसिङ जोन छुट्याईएको छ ।

जहाँ प्रेमी प्रेमिकाले निर्धक्क साथ किस गर्न सक्छन् । उक्त क्षेत्रलाई ‘किस एन्ड फ्लाई’ नामकरण गरिएको छ । जहाँ विमानबाट यात्रा गर्ने क्रममा छुट्टिने प्रेमी–प्रेमिका एक–अर्कालाई चुम्बन गर्न सक्छन् । तर, चुम्बन गर्दा प्रेमी–प्रेमिकाहरूले लामो समय लिन थालेपछि त्यो विमानस्थलमा चुम्बन गर्ने समय तीन मिनेटको तोकिएको छ ।

अहिले त्यहाँको सिको गर्दै अन्य विमानस्थलहरुमा पनि किसिङ जोन स्थापना हुन थालेको छ ।

अहिलेसम्म हङकङ, सिंगापुर, लसएन्जलस, वाली, सनफ्रान्सिस्को विमानस्थलमा किसिङ जोन निर्माण भैसकेका छन् । उनीहरूले उक्त क्षेत्रलाई आ–आफ्नो अनुकूल नाम दिएका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  ३ : १४ बजे

प्रधानन्यायाधीश शर्माले बोलाए न्याय परिषद् बैठक

काठमाडौं– प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद्को बैठक बोलाएका छन् ।

अमेरिकाको म्यासाचुसेट्स तटमा मेडिकल विमान दुर्घटना, ६ जनाको मृत्यु भएको आशंका

 काठमाडौं – अमेरिकाको म्यासाचुसेट्स राज्यको तट नजिक मेडिकल ट्रान्सपोर्ट विमान बेपत्ता

होर्मुज तनावबीच मध्यपूर्वबाट तेल निर्यात बढ्यो

काठमाडौं – होर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि आक्रमणका घटना भइरहे पनि इरानबाहेक मध्यपूर्वबाट हुने

केन्द्रीय समितिबाट विभिन्न प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा पेस

भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी

भक्तपुर– सूर्यविनायक नगरपालिका–८ जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखानामा आज