धनगढीमा भीषण आगलागी, एक अस्पतालसहित ८ पसलमा क्षति « Khabarhub

धनगढीमा भीषण आगलागी, एक अस्पतालसहित ८ पसलमा क्षति


२ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको धनगढीमा गएराति भीषण आगलागी भएको छ । आगलागीबाट सारथी अस्पतालसहित ८ वटा पसलमा क्षति पुगेको छ ।

अस्पतालका बिरामीहरूलाई राति नै सुरक्षित स्थानमा सारिएको थियो भने अस्पतालका नजिकका उपकरणहरू बाहिर निकालिएका थिए।

धनगढी उपमहानगरपालिका–१ मा रहेको भण्डारी जनरल स्टोरमा विद्युत सर्ट भएर अचानक आगलागी भएको प्रहरीले जनाएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गएराति एक बजेदेखि शुरु भएको आगलागी केहीबेरअघि पूर्णरुपमा नियन्त्रणमा आएको छ ।

आगो निभाउन धनगढी उपमहानगरपालिकाको २, गोदावरी नगरपालिकाको १ र कञ्चनपुरको पुनर्वास नगरपालिकाको १ गरी ४ वटा दमकल परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

आगोबाट भएको क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ८ : ५९ बजे

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वोङबीच भेटवार्ता

न्यूयोर्क – परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङबीच

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

चितवन : पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी

विपद्पछिको पुनर्निर्माणमा अस्ट्रेलिया नेपालको साथमा छ : अस्ट्रेलियाली प्रधानमन्त्री

न्यूयोर्क – अस्ट्रेलियाका प्रधानमन्त्रीले विनाशकारी बाढी र पहिरोबाट सिर्जित संकटसँग

पहिरोले बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले