महिला टी–२० सिरिज : नेपालद्वारा जापानसामु ११४ रनको लक्ष्य « Khabarhub

महिला टी–२० सिरिज : नेपालद्वारा जापानसामु ११४ रनको लक्ष्य


२ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चार देशीय महिला टी–२० सिरिजमा नेपालले जापानसामु ११४ रनको लक्ष्य दिएको छ ।

हङकङमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ११३ रन बनायो ।

नेपालकी रुविना क्षेत्रीले सर्वाधिक ३८ रनको योगदान दिइन् । यस्तै कप्तान इन्दु बर्माले २७, काजल श्रेष्ठले १५ रन तथा पूजा महतोले १३ रन जोडे ।

सिरिजअन्तर्गत समान दुई खेल हारेका दुवै टोली उपाधि भिडन्तबाट बाहिरिसकेका छन् । तान्जानिया र हङकङले भने उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।

नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो भने बिहीबार भएको दोस्रो खेलमा  हङकङसँग ९ विकेटले पराजित भएको थियो।

महिला टी–२० सिरिजमा घरेलु टोली हङकङसहित नेपाल, तान्जानिया र जापान सहभागी छन्। आईसीसी वरियतामा तान्जानिया १९ औँ, नेपाल २१ औँ, हङकङ २२ औँ र जापान ५१ औँ स्थानमा छन्। 

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ९ : २० बजे

एकैदिन गुन्डु पुगेर पितृशोकमा रहेका ओलीलाई भेटे पूर्वराष्ट्रपति र प्रधानमन्त्रीले

काठमाडौं- पितृशोकमा रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

वासिङ्टन– अमेरिकी सेनाले शुक्रबार राति इरानको प्रमुख तेल निर्यात केन्द्र

आर्थिक रूपमा कमजोर दम्पतीलाई आईभीएफका लागि ’शिशु होप फन्ड’

काठमाडौं – शिशु फर्टिलिटी क्लिनिक एन्ड आईभीएफले लायन्स क्लब अफ

यूएईको अमेरिकी सैन्य अड्डामा मिसाइल र ड्रोन आक्रमण, इरानको शिराजस्थित आवासीय क्षेत्रमा बमबारी

तेहरान-इरानको फार्स प्रान्तको राजधानी शिराजस्थित आवासीय क्षेत्रमा अमेरिका र इजरायलले

सरकारले ८ महिनामा गर्यो लक्ष्यको ५० प्रतिशत आम्दानी

काठमाडौं– सरकारले चालु आर्थिक वर्षमा ८ महिनामा वार्षिक लक्ष्यको ५०.८०