फोटोकथा : भूकम्पको पीडा भुल्दै बसन्तपुर | Khabarhub Khabarhub

फोटोकथा : भूकम्पको पीडा भुल्दै बसन्तपुर


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको ऐतिहासिक धरोहर हो, बसन्तपुर दरबार स्क्वायर । त्यति मात्र होइन काठमाडौं महानगरको परिचयको प्रतीक ऐतिहासिक काष्ठमण्डप पनि यहिँ छ ।

जहाँ आन्तरिक मात्र होइन बाह्य पर्यटकको बाक्लो घुइँचो लाग्छ । ऐतिहासिक नौ तले दरबार, कुमारी मन्दिर, काष्ठमण्ड मन्दिर, बसन्तपुर संग्रहालय, ठूलो दमाहा तथा घण्ट लगायत यस क्षेत्रका आकर्षण हुन् ।

अहिले यस क्षेत्रमा मानिसको चहलपहल नघटे पनि पर्यटक भने घटेका छन् । मौलिक रुपमा देख्न पाइन्न–दरबार स्क्वायर क्षेत्र । काठका टेका लगाइएका मन्दिर, हरिया पर्दाले छोपिएका परम्परागत कलाकृति, कतै गजुर नै नभएका त कतै टेंढा परेका मन्दिरका गजुर भूकम्पको दर्दनाक पीडा भुलेर आफ्नो वास्तविक स्थितिमा फर्किन व्यग्र प्रतिक्षामा रहेकाजस्तो देखिन्छन् ।

विश्वसम्पदा सूचीमा सूचीकृत यो क्षेत्र १२ वैशाख २०७२ को विनाशकारी भूकम्पले क्षति पु¥याएपछि यस्तो हालतमा पुगेको हो । भूकम्प गएको झण्डै चार वर्ष पुग्न लागिसक्यो, यहाँ ऐतिहासिक सम्पदा भने अझै ठडिन सकेका छैनन् ।

तर, पुरातत्व विभागले भने बसन्तपुर दरबार क्षेत्रको पुनःनिर्माणको कामले गति लिइरहेको दाबी गर्छ । बसन्तपुर क्षेत्रका ३५ वटा संरचनामध्ये सानातिनाको निर्माण सकिइसकेको र अधिकांश संरचना पुनःनिर्माणको क्रममा रहेको विभागका अधिकारीको भनाइ छ । पुनःनिर्माणमा देखिएको सुस्त शैलीले चाँडै निर्माण पूरा हुनेमा भने द्विविधा नै छ ।

बसन्तपुरको नौतले दरबार, राधाकृष्ण मन्दिर, काष्ठमण्डप मन्दिरको काम धमाधम भइरहेको छ । विभिन्न विदेशी दातृ निकाय चीन, अमेरिका र नेपाल सरकारको आफ्नै परियोजनाअन्तर्गत अहिले बसन्तपुर क्षेत्रका ऐतिहासिक सम्पदाको पुनःनिर्माण भइरहेको छ ।

भूकम्पले अस्तव्यस्त बनेको बसन्तपुर क्षेत्र अहिले केही हदसम्म भएपनि व्यवस्थित बनेको छ । बसन्तपुर दरबार क्षेत्रको ऐतिहासिक गद्दी वैठक भवनको पुनःनिर्माण भइसकेको छ भने बाँकी सम्पदाको पनि पुनर्निर्माणको काम भइरहेको छ ।

खबरहबका फोटो पत्रकार कृष्ण खत्रीले बसन्तपुर दरबार स्क्वायर क्षेत्रमा भइरहेको पुनर्निमाणको काम र त्यहाँका सम्पदाको अवस्थालाई आफ्नो क्यामेरामा कैद गरेका छन् ।

हेर्नुहोस् बसन्तपुर क्षेत्रमा जारी पुन:निर्माणसँग सम्बन्धित बाँकी तस्वीरहरु,

 

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  ५ : २० बजे

शिक्षकहरूको रमिता बढी भयो : रामकुमारी झाँक्री

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले शिक्षकहरूलाई काठमाडौं केन्द्रित

एल साल्भाडोर पुगे डेमोक्रेट सिनेटर

एल साल्भाडोर – अमेरिकी सिनेटरले भुलवश एल साल्भाडोर लगिएका मेरिल्यान्डका

नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

बाँके– लामो समयपछि नेपालगञ्जमा सुरु भएको अन्तर्राष्ट्रियस्तरको लुम्बिनी कप महिला

प्यालेस्टाइनमा संकट बढ्दै : एम्बुलेन्ससमेत छाड्दैन इजरायली सेना

इजरायल – गाजामा प्यालेस्टाइनीमाथि इजरायली आक्रमण लगातार जारी रहेको छ।

एक लाख पर्यटकबाट शालिग्राम सङ्ग्रहालयको अवलोकन

बागलुङ– बागलुङ नगरपालिका– ४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको आकर्षण