अफगानिस्तानमा बम आक्रमण- ३ प्रहरी अधिकारी मारिए | Khabarhub Khabarhub

अफगानिस्तानमा बम आक्रमण- ३ प्रहरी अधिकारी मारिए


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– पूर्वी अफगानिस्तानको गजनी प्रान्तमा गराइएको कार बम आक्रमणमा कम्तीमा ३ प्रहरी अधिकारी मारिएका छन् ।

गजनी प्रान्तको प्रहरी कार्यालय अगाडी गराइएको कार बम आक्रमणमा अरु १२ जना घाइते भएका छन् । घाइते हुनेमा अधिकांश प्रहरी रहेको जनाइएको छ ।

घटनाका बारेमा थप विवरण आउन बाँकी नै रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आक्रमणमा अफगानिस्तामा सक्रिय इस्लामिक लाडाकु समूह तालिबानको हात रहेको हुनसक्ने अफगान अधिकारीले जनाएका छन् ।

पछिल्लो समय तालिबानले अफगानिस्तानमा सैनिक आक्रमण तथा बम विष्फोटलाई तीब्र बनाएका छन् । केही दिन अघिमात्र राजधानी काबुलमा गराइएको बम आक्रमणमा दर्जन बढीको ज्यान गएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  ८ : ०१ बजे

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले सांसदहरूका प्रश्नको जवाफ दिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्दैछ ।

अस्ट्रेलियामाथि दक्षिण अफ्रिका ९८ रनले विजयी

काठमाडौं – दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ९८ रनले हराएको छ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ ४ गते बुधबार। भाद्र

आज २०८२ साल भदौ ४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ४ गते बुधबार। भाद्र