साहिँली औँलामा नै औँठी किन लगाउने ? « Khabarhub

साहिँली औँलामा नै औँठी किन लगाउने ?


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

अहिले मंसिरको महिना हो । मंसिरसँगै धेरैको दिमाखमा आउने एउटै कुरा विवाहको सिजन हो । पूर्वीय दर्शनले विवाहलाई सृष्टि क्रम अघि बढाउन स्त्री र पुरुषका बीचमा हुने आत्मनियन्त्रित र मर्यादित सम्झौता मान्दछ । यसै विवाहका लागि नभई नहुने कुरामा पर्छ औँठी । 

नेपाली समाजमा विवाह वा टिकाटालो गर्दा औँलामा औँठी लगाइदिने चलन छ । विशेषतः दुलहा दुलहीले एक अर्काको हातको साइँली औँलामा औँठी लगाइ दिने गर्छन् ।

हातको साहिँली औँलामै किन औँठी लगाइन्छ भन्ने कुरा कतिपयलाई जानकारी नहुन सक्छ । आज हामी यसैका बारेमा चर्चा गर्नेछौँ ।

परम्परागत रूपमा नै विवाह बन्धनमा बाँधिएको प्रतीक वा सङ्केत स्वरूप बिहे गर्दा औँलामा औँठी लगाउने चलन चली आएको छ  ।

हातको साहिँली औँलामा औँठी लगाइदिँदा सो औँलाको सीधा मनसँग सम्बन्ध हुन्छ भन्ने मान्यता रहेको छ ।

जसका कारण विवाहको औँठी सोही औँलामा लगाउँदा श्रीमान् श्रीमतीबीचको सम्बन्ध सुमधुर र मनसँग जोडिने हुन्छ भन्ने मान्यता रहेको छ ।

विवाहको औँठीलाई परिवारप्रतिको जिम्मेवार हुने र जिन्दगीभर श्रीमतीलाई रक्षा गर्ने सूत्रका रूपमा लिइन्छ ।

यसैले श्रीमान् श्रीमतीबीच एक आपसमा प्रेम साटासाट गर्ने माध्यमका रूपमा औँठी लगाइने परम्परा नेपालमा मात्र नभइ युरोपका कयौँ देशहरूमा दायाँ हातको साहिँली औँलामा लगाउने प्रचलन रहेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ६ : ३४ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय