फ्रि–भिसा फ्रि–टिकट भन्दै सरकारले तोक्यो १० हजार, म्यानपावरले लिन्छन ४ लाखसम्म | Khabarhub Khabarhub

फ्रि–भिसा फ्रि–टिकट भन्दै सरकारले तोक्यो १० हजार, म्यानपावरले लिन्छन ४ लाखसम्म


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले २०७२ सालदेखि खाडीका देश र मलेसिया जाने कामदारका हकमा फ्रि भिसा र फ्रि टिकट लागू गरेको थियो । मलेसिया, कतार, साउदी अरेविया, संयुक्त अरब ईमिरेट्स, कुवेत, जोर्डन, बहराईन र ओमान जाने कामदारका लागि भिसा र आतेजाते हवाई टिकटबापत लाग्ने खर्च कामदारले तिर्न नपर्ने नीति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले लागू गरेको हो ।

श्रम मन्त्रालयले लागू गरेको फ्रि भिसा र टिकटका विषयमा वैदेशिक रोजगारीमा ती देश जाने श्रमिक प्राय जानकार छन् । मलेसिया र खाडीका देश जाने कामदारलाई फ्रि भिसा र फ्रि टिककका बारेमा जानकारी भएपनि उनीहरु धेरै पैसा तिरेर सरकारले फ्रि भिसा र फ्रि टिकट लागू गरेका देश जान्न बाध्य छन् ।

फ्रि भिसा र फ्रि टिकटका विषयमा कुरा गर्‍यो भने एजेन्ट र म्यानपावरले डिमाण्ड नै छैन भनेर तर्किने गरेको वैदेशिक रोजगारीको खोजीमा रहेका श्रमिकले बताउदै आएका छन् । खबरको टोली राजधानीको मुख्य ६० वटाभन्दा धेरै म्यानपावर कम्पनी म्यानवार धेरै भएको स्थानमा गएर विदेश जानका लागि अन्तर्वार्ता दिन आएका युवासँग यो विषयमा कुराकानी गरेको थियो ।

खबरहबको टोलीसँग वैदेशिक रोजगारीमा जाने अन्तर्वार्ताका लागि आएका युवाले फ्रि भिसा र फ्रि टिकटका विषयमा आफु जानकारी भएको बताएका थिए । तर, यो सुविधाबाट आफुहरु बञ्चित भएको उनीहरुको भनाइ थियो ।

वैदेशिक रोजगारीको खोजीमा रहेका श्रमिकले एजेन्टलाई राहदानी बुझाउने गरेका छन् । कामदारले म्यानपावर र एजेन्टसँग राहदानी फिर्ता माग्दा प्रति राहदानी ३० हजारसम्म माग्ने गरेको भेटिएको छ ।

फ्रि भिसा र फ्रि टिकटको सुधिवा दिएर म्यानपावरले विदेश पठाउन नसकिने भनेपछि कतार जान १ लाख २० हजार तिर्न तयार भएपछि अन्तर्वार्ताका लागि राहदानी एजेन्टले ल्याएको लाहानका सुवास थारुले बताउँछन् । ‘सर, कतारको तरकारी कम्पनीबाट राम्रो डिमाण्ड आएको छ भनेर एजेन्टले काठमाडौं लिएर आयो । अन्जली ओभरसिर्जमा काम गर्ने एजेन्ट रत्न साहको साथमा अन्तवाता दिन आएको हुँ । खोई अन्तवातामा पास भयो भने १ लाख २० हजार लाग्छ भनेको छ,’ उनले भने, ‘कतार जान पैसा नि लाग्दैन् रे त भनेर एजेन्टलाई सोधेको उसले त फेरी यस्तो राम्रो डिमाण्डमा नजाने भए अर्कोलाई पठाउछु भनेर धम्कायो । खोइ सर हाम्रो हक होइन होला फ्रि भिसा र टिकट ।’ उनलाई काठमाडौंको गोंगबुमा भेटेर कुराकानी गरिएको हो ।

यस्तै, कोशी इन्टरनेशल प्रालिमा अन्तर्वार्ता दिन पाल्पाबाट आएको दिनेश खातुनले पनि युएई जान २ लाख तिर्न तयार भएपछि मात्र एजेन्टले अन्तर्वार्तामा सहभागि गराएको जानकारी दिए । खातुनलाई पनि फ्रि भिसा र टिकटका बारेमा राम्रो जानकारी रहेको उनको भनाई छ । फ्रि भिसा र फ्रि टिकटको कुरा गर्‍यो भने म्यानपावरले अन्तर्वार्तामा नै सहभागि हुन नदिने उनको बुझाइ छ । उनीहरु जस्ता धेरै युवालाई फ्रि भिसा र टिकटका बारेमा जानकारी छ । तर, यो सुविधा पाउनबाट सवै खाडी र मलेसिया जाने कामदार बञ्चित रहेको पाइएको छ ।

सरकारले लागू गरेका फ्रि भिसा र फ्रि टिकटका विषयमा सवै कामदार जानकारी भएपनि उनीहरु चर्को रकम तिरेर विदेशिने गरेका छन् । हामीले काठमाडौंमा भेटका अधिकांश वैदेशिक रोजगारीको खोजीमा रहेका युवालाई फ्रि भिसा र टिकटको विषयमा जानकार छन् । तर, यो विषयमा कुरा गर्‍यो भने विदेश जान्न नपाउन डरले उनीहरुले सुविधा नखोज्ने गरेको पाइयो ।

खाडीका देश र मलेसिया जाने कामदारले प्रतिव्यक्ति देशैपिच्छे ८० हजारदेखि ४ लाखसम्म तिर्ने गरेको पाइएको छ । युएईको सुरक्षा गाडमा जाने कामदारसँग म्यानपावरले ४ लाखसम्म उठाउदै आएका छन् । यसरी उठाएको पैसामा एजेन्टले ३० प्रतिशत लिने गरेको पाइएको छ ।

सरकारले फ्रि भिसा र फि टिकटका विषयमा स्रोत देश र स्वयम म्यानवार कम्पनीसँग नै परामर्श लिइरहेको वैदेशिक रोजगार विभागका सूचना अधिकृत भोला गुरागाँईले बताएका छन् । विभागले फ्रि भिसा र फ्रि टिकटका नाममा धेरै पैसा लिने म्यानवार र एजेन्टलाई कारबाही गदै आएको गुरागाँईले बताए । ‘वैदेशिक रोजगार जाने कामदारसँग कति पैसा तिरेर जान लागेको भनेर विभागबाट अनुगमन खटिएको टोलीले सोध्दा वास्ताविक नै भन्दैनन् । धेरै रकम म्यानपावरलाई बुझाएपनि सरकारले तोकेको रसिद मात्र लिने कामदारले लिन्छन्,’ उनले भने, ‘समस्या रोजगारीको खोजीमा जाने कामदार पनि छ । कामदार विदेश जानुअघि लाखौ तिर्ने पनि तयार हुन्छ । समस्यामा परेपछि मात्र यति रकम एजेन्ट र म्यानपावरलाई तिरेको भन्दै विभागमा आउने गरेका छन् ।’

ठुलो रकम ठगिएको उजुरी लिएर दैनिक रोजगार पीडित विभाग आउने गरेको र घटनाको प्रकृति हेरेर कानूनी कारवाही अघि बढाउने गरेको उनको भनाइ छ । विभागले रोजगार पीडितका समस्याको उजुरीमाथि हरेर एक दिनमा सुनुवाइ गर्दै आएको गुरागाईँको दाबी छ ।

खाडीका देश र मलेसिया जाने कामदारले प्रतिव्यक्ति देशैपिच्छे ८० हजारदेखि ४ लाखसम्म तिर्ने गरेको पाइएको छ । युएईको सुरक्षा गाडमा जाने कामदारसँग म्यानपावरले ४ लाखसम्म उठाउदै आएका छन् । यसरी उठाएको पैसामा एजेन्टले ३० प्रतिशत लिने गरेको पाइएको छ ।

पहिले नै रकम असुली

रोजगारीको खोजीमा अथवा वैदेशिक रोजगारीमा जाने कामदारले म्यानपावर कम्पनीसम्म आइपुग्नु अघि नै एजेन्टलाई पेश्की बुझाउने गरेको पाइएको छ । रोजगारीका खोजीमा रहेका कामदारले प्रतिव्यक्ति २० देखि ३० हजार रुपैयाँका दरले एजेन्टलाई बुझाउने गरेको पाइएको छ । खबरहवको टोलीले राजधानीमा रोजगारीको खोजीमा आएका श्रमिकसँग गरेको प्रत्यक्ष कुराकानीमा यसरी अग्रिम पैसा बुझाउने गरेको पाइएको हो ।

धादिङका दिपक केसीले वैदेशिक रोजगारीमा जान्न एजेन्टलाई पहिले नै ५० हजार दिइसकेका छन् । राजधानीमा भेटाएका दिपकले एजेन्ट मनोजले कुवेत स्टार होटलमा काम गर्ने जानका लागि ५० हजार र राहदानी बुझाएको बताए । उनलाई एजेन्टले कुन म्यानपावर र कस्तो होटलमा पठाउन लागेको हो भने विषयमा चाँही उनी बेखबर छन् ।

दिपकले जस्तै लमजुङका काजी थापाले पनि एजेन्टलाई ओमन जान्न ७० हजार दिएका रहेछन् । उनलाई लमजुङ एक जना एजेन्टले सुरक्षा गाडमा पठाइदिने भनेर अग्रिम पैसा लिएको थापाले बताए । उनीहर जस्ता धेरैले एजेन्टलाई अग्रिम पेश्की दिएर मात्र म्यानपावरसम्म आउने गरेको स्थलगत अध्ययनका क्रममा पाइएको छ । हाल वार्षिक वैदेशिक रोजगारीका १ अर्ब ठगी हुँदै आएको विभागको तंथ्याकमा छ ।

राहदानी फिर्ता माग्दा ३० हजार!

वैदेशिक रोजगारीको खोजीमा रहेका श्रमिकले एजेन्टलाई राहदानी बुझाउने गरेका छन् । यसरी राहदानी बुझाएका कामदारले म्यानपावर र एजेन्टसँग राहदानी फिर्ता माग्दा उनीहरुले पैसा लिने गरेका छन् । राहदानी बुझाएका कामदारले म्यानपावर र एजेन्टसँग राहदानी फिर्ता माग्दा प्रति राहदानी ३० हजारसम्म माग्ने गरेको भेटिएको छ ।

सिंनामलगमा भेटिएका धरानका दिवस लिम्बुले रिटन म्यानपावर प्रालिमा पोल्याण्ड जानका लागि राहदानी र ५० हजार पैसा तिरेका थिए । ७ महिनासम्म भिसा नलागेपछि उनी राहदानी फिर्ता माग्न उक्त म्यानपावरमा जादाँ राहदानी फिर्ता लैजाने हो भने ३० हजार काटिने भन्दै राहदानी फिर्ता गर्न नमानेको लिम्बुले गुनासो गरे ।

यस्तै, म्यानपावरमा कतार जनाका लागि ३ महिनाअघि धनुषाका लिला गौतमले क्यापिटल म्यानपावरमा राहदानी बुझाए । म्यानपावरले गौतमलाई कतार होइन साउदी जानु भनेपछि राहदानी फिर्ता माग्न आउदाँ म्यानपावरले ३० हजार प्रक्रिया खर्च दिएर पासपोर्ट लैजान भनेको उनले बताए ।

म्यानपावरले संकलन गरेका राहदानी फिर्ता माग्न आउदाँ कामदारसँग पैसा माग्ने गरेका छन् । जसका कारण कतिपय कामदार राहदानी हरायो भनेर अर्को निकाल्ने गरेको पाइयो ।

यो पनि पढ्नुहोस्

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ९ : २४ बजे

इलामको पाठ, सोह्र दुना आठ !

काठमाडौं- इलाम क्षेत्र नम्बर–२ मा सम्पन्न उपनिर्वाचनको नतिजा आइसकेको छ

प्रिओपन सेसन : ११ अंकले बढ्यो नेप्से

काठमाडौं– आज प्रिओपन सेसनमा नेप्से परिसूचक ११ अंकभन्दा बढीले बढ्यो

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

भातै पोखिएपछि माडको के माया ?

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने