चिकित्सकको लाइसेन्सिङ परीक्षाको नतिजा प्रकाशन, एमबीबीएसतर्फ ७८ प्रतिशत परीक्षार्थी उत्तिर्ण « Khabarhub

चिकित्सकको लाइसेन्सिङ परीक्षाको नतिजा प्रकाशन, एमबीबीएसतर्फ ७८ प्रतिशत परीक्षार्थी उत्तिर्ण


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले लिएको दर्ता प्रमाणपत्र (लाइसेन्सिङ) परीक्षामा एमबीबीएसतर्फ ७८ र बीडीएसतर्फ ३९ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका छन् ।

काउन्सिलले शनिबार लिएको परीक्षामा एमबीबीएस तर्फका १ हजार ३ सय ११ जना उत्तिर्ण भएका छन् भने बीडीएसतर्फ १ सय ३८ जना उत्तिर्ण भएका छन् ।

एमबीबीएस अध्ययन पूरा गरेका १ हजार ६ सय ८१ जनाले चिकित्सकको लाइसेन्सिङ परीक्षाका लागि फर्म भरेका थिए भने बीडीएस तर्फका ३ सय ५३ जनाले फर्म भरेका थिए ।

काउन्सिलको यो ५६ औं परीक्षा हो । नेपाल मेडिकल काउन्सिलले एमबीबीएस र बीडीएस अध्ययन पूरा गरेका चिकित्सका लागि हरेक वर्ष ३ पटक दर्ता परीक्षा संचालन गर्दै आएको छ ।

एमबीबीएस तथा बीडीएस अध्ययन गरेका चिकित्सकले काउन्सिलको यो परीक्षा उत्तिण गरेपछि मात्रै बिरामीको स्वास्थ्य परीक्षण गर्न पाउँछन् ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  १० : ५१ बजे

होस्टलमा धारिलो हतियार प्रहारबाट प्यूठानका २२ वर्षीय युवकको मृत्यु, एक जना पक्राउ

काठमाडौं – काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिटपछि धारिलो हतियार

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको

उत्तर कोरियाली क्षेप्यास्त्रपछि सैन्य अभ्यास सम्पन्न

सोल- उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र

धनगढीमा शिक्षा संवाद : ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’

सुदूरपश्चिम- शिक्षा क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधिहरूले विद्यालयमा शिक्षक तथा कर्मचारीका