त्रिभुवन विश्वविद्यालयमा अब ‘श्रम अध्ययन’को पठनपाठन हुने « Khabarhub

त्रिभुवन विश्वविद्यालयमा अब ‘श्रम अध्ययन’को पठनपाठन हुने


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालयमा अब लेबर स्टडीज (श्रम अध्ययन) को पठनपाठन हुने भएको छ । विश्वविद्यालयले श्रम अध्ययनका लागि पाठयक्रम निर्माण गरिरहेको जानकारी दिएको छ ।

श्रम अध्यनपन शुरु गर्ने निर्णय त्रिभुवन विश्वविद्यालयले गत शैक्षिक वर्ष नै गरिसकेको छ । नयाँ विषयका रुपमा लेबर स्टडीजको पढाई सुरु हुने भएपछि त्यसको पाठ्यक्रमको तयारी भइरहेको विश्वविद्यालयले जनाएको छ ।

श्रम अध्ययनमा विश्व श्रम बजारको अवस्था, नेपालमा श्रमिक, रोजगारदाता र श्रम बजारका विषयमा अध्ययन हुने जनाइएको छ । नेपालमा लेबर स्टडीजको पढाईका लागि विगत केही समययता प्रयत्न गर्दै आएको थियो । नेपाली श्रमिक विश्व श्रममा खपत भइरहेको अवस्थामा श्रम अध्ययन आवश्यकता रहेको भन्दै विभिन्न ट्रेड युनियनले समेत माग राख्दै आएका थिए ।

त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र संकायका डीन प्रा.डा. शिवलाल भुषालले श्रम अध्ययन आजको आवश्यकता रहेको र नयाँ विषयका रुपमा विकास गरिएको बताएका छन् । बजारको माग, विद्यार्थीको रुचिले यस विषयको भविष्य निर्धारण हुने उनको भनाइ छ ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ११ : ०७ बजे

गत आर्थिक वर्षमा गुगल, मेटा लगायतका कम्पनीले बुझाए ४० करोड बढी कर

काठमाडौं– गत आर्थिक वर्ष ०८१-८२ मा गुगल, मेटा, लिंक्डइन, माइक्रोसफ्ट,

दार्चुलामा प्रधानाध्यापक मृत्यु प्रकरण : आत्महत्या दुरुत्साहन आरोपमा ८ जना पक्राउ

दार्चुला- दार्चुलाको एक विद्यालयका प्रधानाध्यापक झुण्डिएको अवस्थामा मृत फेला परेको

नेप्से परिसूचकमा ६.५१ अंकको गिरावट

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि

प्रधानन्यायाधीशमा डा. शर्माको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं- सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा डा. मनोज कुमार शर्माको नाम

विनियोजन विधेयकमा दलित समुदायको उत्थानका योजना खोज्दै सांसद

काठमाडौं– संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम र विनियोजन विधेयकका